बैशाख २१, २०८१ शुक्रबार

दिनभर दमकमा ओली : विकास निर्माण निरीक्षणमा व्यस्त

दमक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आईतबार दिनभर आफ्नो गृह नगर दमकको कार्यक्रममा सहभागी भएका छन् । सो अवसरमा दमक क्षेत्रमा बनेका कतिपय आयोजनाहरुको उद्धघाटन गरे भने कतिको सिलान्यास र कतिको निरीक्षण गरेका छन् ।

बिहान ११ः३० दमक ६ मा निर्माण सम्पन्न भएको सुनौलोद्धारको उद्धघाटन गरेका छन् । २१ लाख रुपैँयामा बनेको यो प्रवेशद्धार दमक नगरपालिका, वडा कार्यालय तथा विभिन्न व्यक्तिहरुको सहयोगमा निर्माण सम्पन्न भएको हो । त्यसपछि दमक अस्पतालमा निर्माण सम्पन्न भएको अक्सिजन प्लाण्टको उद्धघाटन गरिएको छ । त्यस लगत्तै अध्यक्ष ओलीले सोहि अस्पतालको निर्माणाधिन भवन निरीक्षण गरे ।

अध्यक्ष ओली नेपालमै गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधिन दमक भ्यू टावरको स्वथलगत अवलोकन गरेका छन् । १८ तालासम्म बन्ने यो टावरको अहिले ९ तलाको ढलानको काम चलिरहेको छ । त्यसपछि त्यहि आयोजित औपचारिक कार्यक्रममा सहभागी बनेका थिए । दमक ३ मा रहेका ३३ विपन्न परिवारका लागि निर्माण गरिएको घरहरुको तालाचाबी लक्षित परिवारलाई हस्तान्तरण गरेका छन् । मन्तव्य राख्दै अध्यक्ष ओलीले दमक नेपालकै उत्कृष्ट शहरको रुपमा विकास हुँदै गएको उल्लेख गरेका थिए । संरचना र यहाँका विकास निर्माणहरु अन्तराष्ट्रिय स्तरका रहेको बताउँदै उनले दमकलाई विशिष्टकृत शहरको रुपमा विकास गर्ने आफुले योजना बनाएको पनि सुनाए ।
दमकलाई महत्पूर्ण शहर बनाउने बताउँदै उनले दमकमा बढ्दो जनघनत्वको व्यवस्थापनलाइ ध्यान दिन पनि यहाँका जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए ।

त्यसपछि ओली दमक ४ मा निर्माण हुँदै गरेको प्रदेश १ स्तरीय एकीकृत अपाङगता पूनःस्थापना केन्द्रको निरीक्षण गरे । अपाङ्गता भएकाहरुलाई राज्यले समान अवसर दिनुपर्ने र क्षमता बिकास गराउने कार्यक्रम तय गरिनुपर्ने उनको भनाई थियो । साथै निर्माणाधिन पूनःस्थापना केन्द्रको भवन निर्माण सम्पन्न गर्नका लागि व्यक्तिगत रुपमा ५ लाख रुपैँया सहयोग गर्ने घोषणा समेत गरेका छन् ।
त्यसपछि दमक ९ स्थित शान्ती मार्गबाट सेतुमारीसम्म जाने सडकको शिलान्यास गरेका छन् ।

त्यसलगत्तै क्याम्पसमोड नयाँ आम्दा पाङमी चोकको करिव अढाई किलोमिटरको सडक उद्धघाटन गरे । सडक उद्धघाटन पछि दमक क्याम्पसको निर्माणधिन भवनको निरीक्षण गरेका थिए । अन्तिममा दमक ७ स्थित पशुहाटमा गत शुक्रबार देखी सुरु भएको बृहत स्वास्थ्य शिविरको समापन गरेका छन् । अध्यक्ष ओलीले भर्चुअलबाट उद्धघाटन गरेको शिविरको उनको भौतिक उपस्थितिमा समापन पनि गरियो । शिविरबाट २ हजार ८ जनाले स्वास्थ्य परीक्षण गराएको आयोजक संस्था मध्येको घुन्सा फाण्डेसनकी अध्यक्ष याङजु शेर्पाले जानकारी दिइन् ।

प्रकाशित मिति : पुष ११, २०७८ आईतबार  ७ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]