बैशाख १३, २०८१ बिहीबार

बार्सिलोनालाई हराउँदै रियल फाइनलमा

काठमाडौँ । क्याटलान क्लब बार्सिलोनालाई पराजित गर्दै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा रियलले बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै उपाधि होडलाई कायमै राखेको हो । 

रियलको जितमा भिनिसियस जुनियर, कप्तान करिम बेन्जेमा र फेडे भाल्भेर्डेले गोल गरे । बार्सिलोनाका लुक डि जोङ र अन्सु फातीले गोल फर्काए । 

अब उपाधिका लागि रियलले १७ जनवरीमा एट्लेटिको म्याड्रिड र एथलेटिको बिल्वाओबीचको विजेतासँग खेल्दैछ ।  

प्रकाशित मिति : पुष २९, २०७८ बिहीबार  ७ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]