बैशाख १३, २०८१ बिहीबार

एमाले झापाको निर्वाचन अपडेट : अहिलेसम्म ७३९ मत खस्यो, शनिवार विहान मतगणना

बिर्तामोड । नेकपा एमाले झापाको ३० जना सदस्य पदका लागि भएको निर्वाचनमा ७ सय ३४ मत खसेको छ । बिर्तामोडको रामचोकस्थित हिमाल सागर पार्टी प्यालेसमा भइरहेको मतदानमा अहिले मतदान गर्नेहरु घट्दै गएको निर्वाचन समितिले जनाएको छ । साँझ साढे ५ बजेदेखि मतदान शुरु भएको थियो ।

नेकपा एमाले झापाको १० औं जिल्ला अधिवेशनमा ९१५ जना प्रतिनिधि रहेका छन् । निर्वाचन समितिका एक सदस्यका अनुसार अब धेरै मत खस्ने अवस्था छैन । प्रतिनिधिहरुको उपस्थिति नै कम भइसकेको छ । अधिवेशन उद्घाटन लगत्तै भएको बन्दशत्रबाट पदाधिकारीसहित १२० जना सर्वसम्मत भइसकेका थिए ।

आज खुल्ला हल सदस्यमा १९, निर्वाचन क्षेत्र नम्बर १ (क) को १ खुल्ला सदस्य, मेचीनगरको खुल्ला २ सदस्य, आदिवासी जनजाति ६ खुल्ला सदस्य र युवा, विधार्थी र खेलकुदमा २ सदस्यका लागि निर्वाचन भएको छ । राती ११ बजेसम्मलाई मतदानको समय निर्धारण गरिएको थियो । निर्वाचन समितिका अनुसार मतगणना शनिवार विहान साढे १० बजेदेखि गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : पुष ३०, २०७८ शुक्रबार  १० : २२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]