चैत्र ६, २०८० मंगलबार

बिर्तामोडमा उधोगीको पुत्ला दहन

झापा । उचित ज्यालाको माग गर्दै आन्दोलनरत चिया मजदुरले उधोगीको पुत्ला जलाएका छन् । आइतबार बिर्तामोडमा चिया उद्योगीको पुत्ला बनाएर जलाएका छन् । बिर्तामोडको मुक्ति चोकमा पुत्ला दहन गरेका हुन् ।
सरकारले व्यवस्था गरेको राजपत्र बमोजिमकोे ज्याला नपाएपछि आन्दोलनरत मजदुर गत चैत १७ गतेबाट सडक आन्दोलनमा उत्रिएका छन् । नयाँ पारिश्रमिक साउन १ गतेदेखि लागू हुने गरी चिया बगान तथा उद्योगमा काम गर्ने श्रमिकको ज्याला दैनिक ३ सय ८५ रुपैयाँ तोकिएको थियो ।
श्रम ऐन–२०७४, श्रम नियमावली–२०७५, सामाजिक सुरक्षा ऐन समेत कार्यान्वयनमा ल्याउन चिया मजदुरले माग गर्दै आएका छन् । नियुक्तिपत्र, बिमा, बिदा सुविधा, औषधि उपचारको व्यवस्था उल्लेख छ ।
ऐनमा एक वर्ष काम गरेका चिया मजदुरले मासिक रूपमा पाउने आधारभूत पारिश्रमिकको कम्तीमा आधा दिनको पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष वार्षिक तलबवृद्धि पाउने व्यवस्था छ । पूर्वमा रहेका अधिकांश चिया बगानका मालिकले अहिलेसम्म सरकारको व्यवस्था लागु गरेका छैनन् । जसका कारण मजदुर चिया पनि टिपिरहेका छैनन् ।

प्रकाशित मिति : बैशाख १५, २०७६ आईतबार  ३ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]