जेष्ठ १२, २०८२ आईतबार

एमसीसीमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामा सहमति खोज्ने प्रयासमा आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे तय भएको छ । 

पटक-पटक बसेका सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन हुँदै आएका छन् । गठबन्धनका पाँच दल नै पाँचतिर भएपछि एमसिसी संसदमा टेबुलसमेत हुन सकेको छैन । गत शुक्रबार बसेको गठबन्धनको बैठकमा पनि सहमति नजुटेपछि आजको लागि बैठक बोलाइएको हो । 

सत्तासिन नेपाली कांग्रेस जसरी पनि एमसिसी टेबुल गर्नुपर्ने पक्षमा छ भने माओवादी केन्द्र अहिलेको अवस्थामामा अगाडि बढाउन नहुने अडानमा छ । त्यस्तै, शनिबार बसेको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकले एमसीसी संसदमा टेबुल हुन दिने तर, यथास्थितीमा भने पारित हुन नदिने निर्णय गरेको छ । जनता समाजवादी पार्टीमा अन्यौल रहँदा जनमोर्चा सडक आन्दोलनमा होमिसकेको छ । याे अवस्थामा सत्ता साझेदार दलहरू सहयात्राको बिट मार्छन् या लम्ब्याउँछन् भन्ने चासोको बिषय बनेको छ । 

 प्रतिनिधिसभाको बैठक आज नै बस्दैछ तर, सम्भावित कार्यसूचीमा एमसीसी अटाएको छैन । 

प्रकाशित मिति : फाल्गुन ८, २०७८ आईतबार  ८ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]