जेष्ठ २, २०८१ बुधबार

झापा गोल्डकप र नेपाल आइस बिच मुख्य प्रायोजनको सम्झौता

बिर्तामोड । मोफसलको प्रतिष्ठित झापा गोल्डकप र नेपाल आइस बिच मुख्य प्रायोजनको लागि हस्ताक्षर भएको छ । आज सहारा नेपालको केन्द्रीय कार्यालयमा दुई पक्ष बीच हस्ताक्षर भएको हो ।

फागुन २१ गतेदेखि शुरु हुने पाँचौ झापा गोल्डकप फुटबल प्रतियोगिता मुख्य प्रायोजनका लागि कम्पनीका प्रतिनिधि मनिष सिंह र झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले सम्झौतामा हस्ताक्षर गरे हुन् । नेपाल आइसले पहिलो पटक झापा गोल्डकपका लागि प्रायोजन गरेको छ । नेपाल आइसले प्रायोजनका लागि १२ लाख रकम उपलब्ध गराउने सम्झौता भएको बताइएको छ ।

हस्ताक्षरपछि बोल्दै अध्यक्ष बस्नेतले झापाको फुटबल क्षेत्रको विकासमा सबैको योगदान रहेको बताए । उनले झापा फुटबल हबको रुपमा विकास भइरहेको बताएका छन् । बस्नेतले भने, – प्रतियोगिता सम्पन्न गर्न बिर्तामोडबाट अपेक्षाकृत सहयोग भइरहेको छैन । उनले बिर्तामोडमा बसेर असिमित कमाउनेहरु समेतले सहयोग नगरेकोमा आक्रोस व्यक्त गरे । सबैलाई झापा गोल्डकप सम्पन्न गर्नलाई आआफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : फाल्गुन ८, २०७८ आईतबार  ५ : २२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]