जेष्ठ ६, २०८१ आईतबार

प्रदेश स्तरीय वडिविल्डिङ च्याम्पियनसिपको तयारी तिव्र

बिर्तामोड । झापाको बिर्तामोडमा आयोजना गरिएको प्रदेश १ स्तरीय मिस्टर कञ्चनजंघा वडिविल्डिङ च्याम्पियनसिपको तयारी तिव्र पारिएको छ । प्रतियोगिताको मिति नजिकिदै गएपछि यसको तयारी पनि अन्तिम चरणमा पुर्याइएको छ । प्रतियोगिता झापाको बिर्तामोडमा आयोजना गरिएको छ ।

नयाँ खेलाडी उत्पादन गर्ने उदेश्यले बडी ग्यारेजको व्यानरमा आयोजना गरिएको शारिरीक सुगठन प्रतियोगिता,वडिविल्डिङ च्याम्पियनसिपको लागि आवश्यक तयारी भइरहेको आयोजकले जनाएको छ ।

प्रतियोगिता यही फागुन २७ र २८ गते बिर्तामोडमा हुने छ । आयोजक समितिका अध्यक्ष अर्जुनकुमार मैनालीले प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा पुगेको भन्दै खेलाडीहरु पनि तयारी रहन आग्रह गरेका छन् । अध्यक्ष मैनालीले कोभिडको महामारीबाट थलिएको खेल क्षेत्र र खेलाडीहरुको मनोविज्ञानलाई माथि उकास्न यो प्रतियोगिता महत्वपुर्ण रहेको बताए ।

प्रतियोगितामा झापा,मोरङ्ग,सुनसरी,उदयपुर लगायतका जिल्लाबाट करीब १ सय जना खेलाडीले सहभागिता जनाउने आयोजक समितिका संयोजक राम दाहालले जानकारी दिए । महिला र पुरुष दुवैका लागि आयोजना गरिएको यस प्रतियोगितामा राष्ट्रिय अवार्ड जितिसकेकाहरुलाई भने बन्देज लगाइएको छ ।

प्रतियोगितामा विजेता हुनेले ३ लाख रुपैयाँ पाप्त गर्ने छ । यस्तै फस्ट रनरअपले २ लाख, सेकेण्ड रनरअपले १ लाख, थर्ड रनर अपले ७५ हजार र चौथो हुनेले सान्तवना स्वरुप ५० हजार रुपैयाँ सहित मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यस्तै प्रतियोगितामा महिला तर्फ पहिलो हुनेले १५ हजार, दोश्रो हुनेले १० हजार र तेश्रो हुनेले ५ हजार रुपैयाँ सहित मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्नको लागि २५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

प्रकाशित मिति : फाल्गुन ८, २०७८ आईतबार  ६ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]