जेष्ठ ११, २०८२ शनिबार

प्रम देउवा र ओलीबिचको बैठक सकियो , छलफल संसद् खुलाउनमा केन्द्रीत

झापा । प्रधानमन्त्री शेर बहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली बिचको दुई घण्टा लामो छलफल सकिएको छ । छलफल सकेर प्रधानमन्त्री देउवा संसद्बाट बाहिरिएका छन् ।

छलफलमा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ लगायत सहभागी भएका थिए ।
आजको संसद् बैठक स्थगित गरिएको थियो । बैठक स्थगितपछि दुई नेता बिच छलफल शुरु भएको थियो । बैठकमा संसद्को खुलाउने विषयमा छलफल भएको मन्त्री कार्कीले जानकारी दिए । उनले अवरोध खुलाउने सन्दर्भमा एमाले अध्यक्ष ओलीले छलफल प्रारम्भ गरेको उनको भनाई छ ।

प्रम देउवा र सरकारका प्रवक्ता कार्की संसद्बाट बाहिरिएका छन् । ओली सहित अन्य नेताहरु संसद्भित्रबाट बाहिर आएका छैनन् ।

प्रकाशित मिति : फाल्गुन १२, २०७८ बिहीबार  ४ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]