जेष्ठ ६, २०८१ आईतबार

दोमुखामा आगलागी : दुई जना घाइतेको बिर्तासिटीमा उपचार हुँदै

बिर्तामोड । झापाको पर्यकटीय क्षेत्र दोमुखामा भीषण आगलागी हुँदा दुई जना घाइते भएका छन् । झापा प्रहरीका अनुसार घाइते दुवै जनाको बिर्तामोडस्थित विर्तासिटीमा उपचार भइरहेको छ ।

घाइते हुनेहरुमा शिवसताक्षी १० दोमुखा बस्ने ४३ वर्षीया बालिका भण्डारी र उनकै छोरी १४ वर्षीया अस्मिता भण्डारी रहेका छन् । आमाको दाहिने हात जलेको छ भने छोरीको अनुहार र हात जलेको प्रहरीको भनाई छ ।

बिहीबार राति एक बजेतिर सुरु भएको आगलागीबाट दोमुखामा रहेका चार होटल र एउटा युवा क्लबको भवन जलेको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : फाल्गुन १३, २०७८ शुक्रबार  ८ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]