जेष्ठ ६, २०८१ आईतबार

उत्कृष्ट नारी सम्मान ‘शिक्षा’ विधामा

बिर्तामोड । वीरता लेडी जेसीजको पूर्व अध्यक्ष क्लवको सक्रियतामा वीरता लेडी जेसीजले उत्कृष्ट नारी सम्मान कार्यक्रमको तयारी गरेको छ ।

वीरता लेडी जेसीजले गत वर्षदेखि वीरता लेडी जेसीजको पूर्व अध्यक्ष क्लवको सक्रियतामा तथा झापाका सम्पूर्ण महिला संघसंस्थाहरुको सहभागितामा उत्कृष्ट नारी सम्मान कार्यक्रम शुरु गरेको र यस वर्ष पनि निरन्तरता दिइएको वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाले बताइन् ।

विभिन्न विधामा सक्रिय महिलालाई उत्कृष्ट नारी घोषणा गरी प्रत्येक वर्षको अन्तर्राष्ट्रिय नारी दिवसका दिन उत्कृष्ट नारी सम्मान गरिने उनले बताइन् ।

झापा जिल्लामा रहेर विभिन्न विधामा उत्कृष्ट काम गर्ने महिलालाई प्रेरित गर्न तथा अरुलाई पनि त्यस्तै कार्यका लागि सकारात्मक प्रेरणा प्रदान गर्न वीरता लेडी जेसीजले उत्कृष्ट नारीको चयन गरी उत्कृष्ट नारी सम्मान गरिने र यस कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइने उनले बताइन् ।

यस बर्ष उत्कृष्ट नारी सम्मानका लागि ‘शिक्षा’ विधा चयन गरिएको बताउँदै उनले उक्त विधा अन्तर्गत रहेर झापा जिल्लामा विशेष योगदान पु¥याउने महिलालाई अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आगामी फागुन २३ गते उत्कृष्ट नारी घोषणा गरी स्वर्ण पदक, सम्मान–पत्रद्वारा सम्मान गर्ने जानकारी दिइन् ।

आगामी फागुन २३ गते हुने उत्कृष्ट नारी सम्मान कार्यक्रम संयोजकको जिम्मेवारी वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष देवी भण्डारीलाई दिइएको छ ।

वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाको अध्यक्षतामा बसेको कार्यसमिति र पूर्व अध्यक्षहरुको बैठकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आगामी फागुन २३ गते उत्कृष्ट नारी सम्मान कार्यक्रम घोषणा गर्नुका साथै उत्कृष्ट नारी सम्मानका लागि छनौट समिति समेत गठन गरेको छ ।

कनकाई कलेज विर्तामोडका संस्थापक शिक्षासेवी जयनारायण ढुंगानाको संयोजकत्वमा गठित छनौट समितिमा नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दाहाल भट्टराई र मेची क्याम्पस भद्रपुरकी पूर्व क्याम्पस प्रमुख टीका प्याकुरेल सदस्य रहेका छन् ।

वीरता लेडी जेसीजकी अध्यक्ष चिमरियाले आगामी फागुन २३ गते हुने उत्कृष्ट नारी सम्मान कार्यक्रमलाई झापावासीको साझा र उत्कृष्ट कार्यक्रम बनाउन बढी भन्दा वढी महिलाका संघसंस्थालाई सहभागिताका लागि आग्रह गरेकी छिन् ।

वीरता लेडी जेसीजले गत वर्ष समाजसेवी तथा राजनीतिज्ञ गिरीराज कुमारी प्रसाईंलाई उत्कृष्ट नारी सम्मान प्रदान गरेको वीरता लेडी जेसीजकी महासचिव युनिता दवाडीले जानकारी दिइन् ।

प्रकाशित मिति : फाल्गुन १४, २०७८ शनिबार  ७ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]