जेष्ठ ६, २०८१ आईतबार

गौरादहका वडाध्यक्ष बलराम खरेलसहित मालपोत अधिकृत अधिकारी पक्राउ

बिर्तामोड । झापा गौरादह वडा नं. ७ का वडाध्यक्ष बलराम खरेल पक्राउ परेका छन् । अध्यक्ष खरेललाई प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको डिएसपी सन्तोष आचार्यले जानकारी दिए । वडाध्यक्ष खरेललाई तीन दिनअघि पक्राउ गरिएको डिएसपी आचार्यले पुष्टि गरे ।

किर्ते कागजात बनाएर बिर्तामोड पश्चिम बसस्टेण्डको करोडौं मुल्यको जग्गा विक्रिमा वडाध्यक्ष खरेल समेतको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

जग्गा विक्रिमा कागजात किर्ते बनाउन वडाध्यक्ष खरेलले समेत सहयोग गरेको भन्दै अनुसन्धानका लागि पक्राउ गरिएको छ । वडाध्यक्ष खरेलले आफुलाई झुक्याएर कागजातमा हस्ताक्षर गर्न लगाएको दावी गर्दै आएका छन् ।

यस्तै, प्रहरीले मालपोत अधिकृत चेतन अधिकारी समेतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई म्याद थप गरि बयान लिने काम भइरहेको बताइएको छ । बिर्तामोडमा राखेर बयान लिइरहेको प्रहरीको भनाई छ ।

मालपोतका एक कर्मचारी हरि तिम्सिना अझै फरार छन् । गत वर्ष सार्वजनिक भएको घटनामा संलग्नहरु केहि कारागारमा छन् भने मुख्य योजनाकारहरु धरौटीमा रिहा भइसकेका छन् ।
कारागारमा सुशिल बराइली लगायत तीन जना सजाय भुक्तान गरिरहेका छन् ।

प्रकाशित मिति : फाल्गुन १४, २०७८ शनिबार  ६ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]