जेष्ठ ६, २०८१ आईतबार

बिर्तामोड जग्गा काण्ड : लगानीकर्ता धरौटीमा रिहा, योजनाकार कारागारभित्रै

बिर्तामोड । घटना सार्वजनिक भएको झण्डै एक वर्षपछि झापा गौरादह वडा नं. ७ का वडाध्यक्ष बलराम खरेल पक्राउ परेका छन् । अध्यक्ष खरेललाई प्रहरीले बिर्तामोडबाट पक्राउ गरिएको छ । वडाध्यक्ष खरेललाई फागुन ११ गते पक्राउ गरिएको बिर्तामोडका डिएसपी सन्तोष आचार्यले पुष्टि गरे । यता, खरेल पक्षले आफै उपस्थित भएको पनि दावी गरिरहेको छ ।

बिर्तामोडका डिएसपी आचार्यका अनुसार वडाध्यक्ष खरेलसहित झापाका मालपोत अधिकृत चेतन अधिकारी पक्राउ गरिएको छ । २ दिनको फरकमा उनीहरु पक्राउ गरिएको बिर्तामोड प्रहरीले जनाएको छ ।

बिर्तामोड –१ स्थित स्वर्गीय टुंङगबहादुर बस्नेतको नाममा रहेको जग्गा अधिकृत वारेसनामा नै किर्ते बनाएर जग्गा बिक्री गर्न सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

प्रहरीले तत्कालै गिरोहका १० जनालाई सार्वजनिक गरेको थियो । उनीहरुले बस्नेतको नाममा रहेको कित्ता नं. ४१८३ को १ कठ्ठा १३.७५ धुर जग्गा हडपेका थिए ।

किर्ते कागजात बनाउन वडाध्यक्ष खरेल समेतको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । वडाध्यक्ष खरेलले आफुलाई झुक्याएर कागजातमा हस्ताक्षर गर्न लगाएको दावी गर्दै आएका थिए । उनीहरुलाई म्याद थप गरि बयान लिने काम भइरहेको बताइएको छ । बिर्तामोडमा राखेर बयान लिइरहेको प्रहरीको भनाई छ । मालपोतका अर्का कर्मचारी हरि तिम्सिना अझै फरार छन् ।

घटना सार्वजनिक भएपछि तत्काल पुर्पक्षका बाह्रदशी–३ स्थायी ठेगाना भइ बिर्तामोड २ चैतुवारी बस्ने बर्ष ३९ को मंगल सिंह राजबंशी, भद्रपुर ७ बस्ने बर्ष ५२ को नबिन कोईराला, भोजपुर तिवारीभञ्ज्याङ्ग २ स्थायी ठेगाना भई गौरीगंज १ बस्ने बर्ष ३७ को बलराम बिश्वकर्मा (सुशिल) , अर्जुनधारा ५ बस्ने बर्ष ५३ को लेखनाथ खनाल, बिर्तामोड ४ बस्ने बर्ष ३४ को गोविन्द वान्तवा (मिलन), बिर्तामोड नपा १० बस्ने बर्ष ७२ को देबी प्रसाद पाण्डे र बिर्तामोड ४ बस्ने बर्ष ३२ की रञ्जु राई , बाह्रदशी ५ बस्ने बर्ष ५० लिलाधर राजबंशी, शिवसताक्षी ८ बस्ने बर्ष ४२ को भुपदेब कट्वाल कारागार चलान कारागार चलान गरिएको थियो ।

जग्गा नामसारी गर्न नक्कली जग्गाधनी खडा गरिएका पाण्डेको कारागार मै मृत्यु भइसकेको प्रहरीको भनाई छ । पूर्पक्षमा कारागार चलान भएकाहरुमध्ये मिलन राई, रञ्जु राई, भूपदेव कट्वाल धरौटीमा रिहा भइसकेका छन् ।

प्रकाशित मिति : फाल्गुन १५, २०७८ आईतबार  ७ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]