बैशाख २८, २०८१ शुक्रबार

प्रश्नले मात्रै पत्रकारितालाई जीवित राख्छ

सन्तोष आचार्य

झापाबाट प्रकाशित हुने दैनिक पत्रिका मध्ये कान्छो दैनिक हो इजलास । सम्भवत दैनिक पत्रिकाका सम्पादक मध्ये इजलासका सम्पादक प्रदीप परियार पनि कान्छो सम्पादक हुनुपर्छ । जसको उमेर कम छ उसँग भविष्य बढि हुन्छ । विगत (इतिहास) लाई पूँजीकृत गरेर वर्तमानलाई व्यहोर्दै र व्यवस्थापन गर्दै अगाडि बढ्नु नै भविष्य निर्माणको आधार तयार गर्नु हो । इतिहास बनाउँने र भविष्यको आधार तयार गर्ने धेरै सम्भावना बढि उमेर बिताएकाहरुको तुलनामा कम उमेर भएकाहरुसँग हुन्छ । यसर्थ इजालस दैनिक र यसका सम्पादकसँग यो अवसर प्रचुर छ । पत्रिका प्रकाशन भएको तेस्रो वर्ष प्रवेश गरेको अवसरमा पत्रिकाको गर्विलो इतिहास, चुनौतिपूर्ण वर्तमानको समाना गर्न सक्ने सामथ्र्य प्राप्ती र सुन्दर भविष्य सहित दीर्घजीवनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

पत्रकारितालाई दुनियाले आवाजविहिनको आवाज भनेर सम्बोधन गर्छन् । अझ हाम्रो समाजले पत्रकारितालाई चौथो अंगका रुपमा मान्ने गरेको । विश्व पत्रकारिताको तुलनामा नेपाली पत्रकारिताको इतिहास धेरै लामो छैन । नेपाली पत्रकारिताको इतिहास छोटै भएपनि गर्विलो चाहि छ । नेपाली समाजको रुपान्तरणका निम्ति, ठुलठुला राजनैतिक परिवर्तनका निम्ति नेपाली पत्रकारिताले निर्वाह गरेको भूमिकाका कारण यो पेशा नेपाली जनमानसमा एउटा सम्मानजनक पेशाका रुपमा स्थापित छ । नेपाली पत्रकारिताको एक उर्भर क्षेत्रका रुपमा झापालाई पनि हेर्ने गरिएको छ । झापाली पत्रकारिताले राष्ट्रिय पत्रकारिताको मुलधारको नेतृत्व गर्ने सामथ्र्य राख्दै आएको छ । नेपाली राजनीतिमा जसरी झापाको प्रभाव देखिन्छ ठिक त्यसैगरी नेपाली पत्रकारितामा पनि झापाको प्रभाव स्पष्ट देखिने गरेको छ । यो भनेको झापाली पत्रकारिताको इतिहास हो, वर्तमान हो र यसकै आधार तय भएको सुन्दर भविष्य पनि हो । मुलधारको पत्रकारिता आफ्नो स्पष्ट छाप छाढ्न झापाली पत्रकारिताले ठुलै आरोह अवरोह पार गर्दै आएको छ । खास गरेर यहाँबाट प्रकाशित हुने दैनिक पत्रिकाहरु, रेडियो स्टेशनहरु, टेलिभिजन स्टेशसनहरु, अनलाईन न्यूज पोर्टनहरु, साप्ताहिक, मासिक लगायतका पत्रपत्रिका र सञ्चारमाध्यमहरुले सबै खाले प्रतिकुलताहरुलाई व्यहोरेका छन् । पर्याप्त स्रोत साधनको अभावका बावजुद आफुलाई जिवित राखेका छन् र पत्रकारिताको अभ्यास गर्ने थलोका रुपमा विकसित गरेका छन् । यीनै संस्थाहरु र यसमा कार्यरत पत्रकारहरुको अथक साधना र पसिनाका कारण आज पनि झापाले राष्ट्रिय स्तरमा आफ्नो उपस्थितिलाई परैबाट देखिने बनाएको छ । झापाको पत्रकारिताको यो महायात्रामा पछिल्लो समय कान्छो दैनिकका रुपमा इजलास दैनिक उपस्थित भएको छ । जसले आजबाट तेस्रो वर्ष टेक्दैछ । मानिसको हो भने बोली फुट्दै गरेको बेला मात्र हो यो । जब बच्चो तोते बोली बोल्न थाल्छ, तोते बोलीको मिठाससँगै बाबुआमालाई एउटा खुसी प्राप्त हुन्छ । यसपछि बच्चो नबोल्ला कि भन्ने जोखिम टर्छ । र बच्चोको बोलीको विकास हुँदै सुन्दर भविष्यको कल्पना सुरु हुन्छ । प्रदीपजीको इजलासको पनि अवस्था यस्तै छ । अब यसको विकास व्रmमलाई हेरौं ।

इजलासको पहिलो वर्ष ः

२०७४ साल बैसाख १ गतेबाट प्रकाशन सुरु गरेको इजलासले गत वर्ष पनि वार्षिक उत्सव मनाएको थियो । त्यसबेला पनि मैले इजलास सधैँ चल्नु पर्छ भनेको थिए । यस पटक पनि केही लेखिदिन आग्रह गरे पछि पछाडि फर्केर हेर्न मन लागेको हो । पहिलो वर्ष इजलासले आफुलाई आव्रmामक रुपमै प्रस्तुत गरेको थियो । समाचारका विषय वस्तु र प्रस्तुतीका हिसाबले तुलनात्मक रुपमा राम्रो देखिएको थियो । पहिलो वर्ष भएका कारण बजारमा आव्रmमक उपस्थिति जनाउनु स्वभाविक नै हो । नयाँ पत्रिका, नयाँ ग्राहक, नयाँ स्वाद त दिनै पर्यो । यति हुँदा हुदै पनि एक वर्षको कुल समीक्षामा विश्वव्यापी मान्यता अनुसार आवाज विहिनको आवाज भन्दा पनि ठुला आवाजहरुकै आवाज बढि देखिएको थियो । यो इजलास दैनिकको मात्रै कुरा होइन, प्रायः पत्रपत्रिकाहरुको हविगत यस्तै छ । मुलतः राजनैतिक दलका कार्यव्रmम र विवरणहरु नै धेरै प्रकाशित भएका छन् । त्यसमध्ये पनि ठुला तीन दलका मात्र करिब ६० प्रतिशत सामाचार प्रकाशित भएको देखिएको थियो । अन्यमा ४० प्रतिशत जस्तो देखिन्थ्यो । यस्तो अवस्था आउनुमा पाठकको संख्या जसको धेरै छ उसैको समाचार बढि आउछ भन्ने मान्यताले घर गरेको हुनुपर्छ । झट्ट हेर्दा र सुन्दा ठिकै लागे पनि पत्रकारितामा यो अभ्यास एउटा चुनौति हो ।

दोस्रो वर्ष अर्थात हिजोसम्मको अवस्था ः

अघि वर्ष परिस्थिति अलिक फेरिएको छ । हिजो दलका कार्यव्रmम बढि हुन्थे । आज स्थानीय तहका समाचारले प्राथमिकता पाएका छन् । यसरी हेर्दा यो राम्रो कुरा पनि हो तर, स्थानीय तहसँगको लोभी सम्बन्धका कारण पत्रकारिताले जे भूमिका निर्वाह गर्नु पर्ने हो त्यो भने कमजोर भएको देखिन्छ । यसको प्रभाव इजलास दैनिकमा पनि देखिएको छ । हामी तीन तहको सरकारको अभ्यासमा छौं । संघीयता कार्यन्वयनको महत्वपूर्ण समयमा हामी उभिएका छौं । हाम्रो भूमिका यो बेला बढि महत्वको हुन्छ । तर, पछिल्ला समयमा प्रकाशित भएका सामाचारका सामग्रीहरु हेर्ने हो भने व्रmमश हाम्रा प्रश्नहरु कमजोर हुँदै गएका पो हुन् कि भन्ने देखिन थालेको छ । स्थानीय तहमा प्रतिपक्षको भूमिकाको खोजी भइरहेको समयमा पत्रकारिताले यसको जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ । आलोचनात्मक दृष्टिकोण पत्रकारिताको धमनी हो । प्रश्नहरुले मात्रै पत्रकारितालाई जीवित राख्न सक्छ । इजलास दैनिकको यो वर्षलाई केलाएर हेर्ने हो भने पहिलो वर्षको तुलनामा प्रश्न गर्ने सामथ्र्य कम भएको देखिन्छ ।

किन यस्तो भएको होला ?

नेपाली पत्रकारिता अभाव, प्रभाव र दवावबीचबाट हुर्कदो छ । सञ्चार गृहले व्यहार्नु पर्ने आर्थिक संकट, पत्रकारहरु न्यून ज्यालामा काम गर्नुपर्ने अवस्था र विभिन्न शक्ति केन्द्रहरुसँगको बहुआयामिक सम्बन्धहरुबाट हाम्रो पत्रकारिता गुज्रदो छ । नेपाली पत्रकारिताको प्रारम्भलाई हेर्ने हो भने साहित्यिक पत्रकारिताबाट सुरु भएको देखिन्छ । त्यसपछि लामो समयसम्म राजनीतिले पत्रकारितालाई उपयोग गरेको देखिन्छ । जुनबेला मिसन पत्रकारिताको कुरा गरिन्थ्यो, त्यसको प्रभाव आज पनि छ । जजसले गर्दा हाम्रो पत्रकारितामा केही पुरातन, केही संकिर्णता र केही अवसरवादी प्रवृत्ति देखिएका हुन् । विशेष गरेर पत्रकारितामा देखिएका केही व्यक्तिगत कमजोरीहरुका कारण, सम्पादकहरुको विगतका विभिन्न लीगेसी र आग्रहका कारण पनि समाचारहरु प्रभावित हुने गरेका छन् । इजलास दैनिक पनि यसबाट अछुतो देखिएन । तथापी यसका सम्पादक नयाँ जोस र जाँगर सहित मैदानमा छन् । उनले उत्साह र पाठकको भरोसालाई कायम राख्न सक्नु पर्छ । यसैले इजलासको जीवन यात्राको दुरी तय गर्ने छ ।

चुनौतिको सामना गरौं ।

पछिल्लो समय सूचना प्रविधिमा आएको विकास र त्यसले सिर्जना गरेका चुनौतिहरुको पनि हामीलेनै सामना गर्नु परेको छ । सूचना प्रविधिको विकासले ल्याएको अवसरका कारण आम पत्रकारिताले आफुलाई परिमार्जन गर्न बाध्य भएको छ भने सँगसँगै व्यक्तिवादी चिन्तन पनि बढ्दो छ । आज कुनै पनि पत्रकार अरुको कामदार हुने भन्दापनि आफै सञ्चार माध्यम खोल्ने र चलाउने सोचमा पुगेका छन् । जसका कारण सञ्चारमाध्यम खोल्ने प्रतिस्पर्धा बढेको छ तर गुणस्तर भने खस्कदो छ । सञ्चारमाध्यमलाई टिकाई राख्नु नै आजको मुख्य चुनौति जस्तो देखिएर बजार तहसनहस भएको छ ।

पछिल्लो समय सूचना प्रविधिको विकासले ल्याएको अवसरका रुपमा न्यूज पोर्टल खोल्ने, अनलाईन चलाउने, युट्युब च्यानल सञ्चालन गर्ने जस्ता कार्यले अबको पत्रकारितालाई कसरी व्यवस्थित र मर्यादित बनाउने भन्ने चुनौति थपिएको छ । अझ फेसबुकको प्रभावकारिता र व्यक्तिका हातहातबाट सूचना प्रसारण हुने अवस्थाले आम पत्रकारितालाई ठुलो चुनौति दिएको छ । विशेष गरेर पत्रपत्रिकाहरुको जीवनमाथि यो एउटा गंभीर संकटका रुपमा देखा परेको छ । अब हरेक पत्रपत्रिकाहरुले आफ्नै अनलाईन सञ्चालन गर्नुपर्ने अवस्था आएको छ ।

यस्तो अवस्थालाई सरसर्ती हेर्नेहरुले कहिले काही अब पत्रपत्रिकाको दिन गए पनि भन्ने गरेको सुनिन्छ । तर म यस्तो कुरामा विश्वास गर्दिन । मलाई के लाग्छ भने जुन दिनसम्म पुस्तकहरु बजारमा पाइरहने छन् । जबसम्म मानिसले किताब पढ्ने लेख्ने गर्ने छन् । त्यो समयसम्म पत्रिकाकै प्रभाव अरुको तुलनामा बढि हुने छ । तसर्थ प्रदीपजीको नेतृत्वमा रहेको इजलास दैनिक र अन्य पत्रपत्रिकाहरुको जीवन चिरकालसम्म हुने छन् । मात्र तपाई सम्पादहरुले आफ्ना आग्रह, विगतका लिगेसी, व्यक्तिगत संकीर्णता र वैचारिक विभेदलाई व्यवस्थापन गर्नु पर्ने देखिन्छ । पत्रिकाको विश्वसनीयता नै यसको जीवनको आधार हो ।

तस्रो वर्षमा प्रवेश गर्दै गरेको इजलास दैनिकले पाठक मन जित्न सकोस । एक दिन पत्रिका प्रकाशन नहुँदा विज्ञापनदाताले मात्र होइन पाठकहरुले पनि खोजी गर्ने अवस्था बनोस् । लगानी कर्ताहरुलाई पनि एउटा राम्रो कार्यमा लागानी भएको महसुस हुन सकोस् । गर्विलो इतिहास, जिम्मेवारपूर्ण वर्तमान र उज्वल भविश्यका लागि सम्पादक सहित सम्पूर्ण टिमलाई हार्दिक शुभकामना छ ।
इजलासको तेस्रो वार्षिकोत्सवमा प्रकाशित विचार

प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार  ५ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]