जेष्ठ १०, २०८२ शुक्रबार

खोलाको पूजा गर्दै माझी समुदायले मनाए कोसीपर्व

सिन्धुपाल्चोक – खोलालाई भगवानका रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा गरी मंगलबार धुमधामका साथ मौलिक पर्व ‘लदी’ अर्थात् ‘कोसीपर्व’ मनाएका छन् । पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन् ।

सिन्धुपाल्चोकका माझीहरूले कोसीपर्व मनाउन मेलम्ची नगरपालिका–१२ स्थित इन्द्रावती नदीको किनारमा मौलिक पोशाकमा भेला भएर खोलाको सामूहिक पूजा गरेका थिए ।

विभिन्न धर्मको प्रभावसँगै आफ्नो मौलिक धर्म मान्न छाडेका सीमान्तकृत माझी समुदायले पछिल्लो समय कोसीपर्व मनाउँदै आएका छन् ।

माझी समुदायले लदीपर्वलाई राष्ट्रिय पर्वको मान्यता तथा सार्वजनिक बिदा दिन माग गर्दै आएका छन् । लोप हुँदै गएको कोसीपर्व नेपाल माझी उत्थान सङ्घले २०५५ सालमा सिन्धुलीको मरिनखोलामा पूजा गरेर मनाउन थालेको हो । 

प्रकाशित मिति : फाल्गुन १८, २०७८ बुधबार  ८ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]