मेची आँखाको अध्यक्षमा गुरुङ, सचिबमा पोखरेल
बिर्तामोड । मेची आँखा अस्पतालमा नयाँ नेतृत्व निर्वाचित भएको छ । आज भएको अस्पतालको साधारणसभाले जलकुमार गुरुङको नेतृत्वमा नयाँ नेतृत्व निर्वाचित गरेको हो ।
नव निर्वाचित समितिमा उपाध्यक्षमा सुरेश वंशल, सचिवमा गणेश पोखरेल, कोषाध्यक्षमा मञ्जु सिटौला पोखरेल निर्वाचित हुनु भएको छ । निवर्तमान अध्यक्ष छत्र अधिकारी हुनुहुन्छ भने सदस्यहरुमा दिनेश मित्तल, भरत गिरी, भीम गुरुङ, चण्डीराज पराजुली, सुरज खत्री र डा. गोपाल पोखरेल निर्वाचित हुनु भएको निर्वाचन अधिकृत डा. पुरुषोत्तम जोशीले जानकारी दिनु भएको छ ।
अस्पतालको साधारणसभाले अध्यक्षको प्रतिवेदन र लेखा प्रतिवेदन पारित गरेको छ । सभामा नवनिर्वाचित अध्यक्ष गुरुङले अस्पतालको सेवा विस्तार र गुणस्तरियताका लागि सक्रिय बन्ने बताउनुभयो ।