जेष्ठ १०, २०८२ शुक्रबार

प्रदेश १ मा १४ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । २४० जनाको पीसीआर परीक्षण गर्दा १३ र २३६ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा ४–४, सुनसरीमा ३ र पाँचथरमा २ जनामा संक्रमण देखिएको हो । झापाको मेचीनगरमा ३ र भद्रपुरमा १, मोरङको विराटनगर, लेटाङ, पथरीशनिश्चरे र बुढीगंगामा १–१, सुनसरीको धरान, बराहक्षेत्र र देवानगञ्जमा १–१, पाँचथरको मिक्लाजुङ र हिलिहाङमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १० महिला र १२ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ८५० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन २०, २०७८ शुक्रबार  ५ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]