मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार प्रतिबादी पक्राउ
बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले मानव बेचविखन तथा ओसारपसार मुद्धामा फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कमल गाउँपालिका ४ की ४४ वर्षीया सिता केरुङ सम्बाहाम्फे, ५० वर्षीय इन्द्र सम्बाहाम्फे र ४३ वर्षीय हंशराज केरुङ रहेका छन् । उनीहरु सबै जना कमल ४ का बासिन्दा हुन् ।

सर्बोच्च अदालतले उनीहरुलाई ०७४ असारमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फैसला सुनाएको थियो । झापाको प्रहरी टोलीले बुधबार नियन्त्रणमा लिई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत भद्रपुरमा गराएको प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए । पक्राउ परेका तीनै जनाको पीसीआर परीक्षणपछि नेगेटिभ आएपश्चात कारागार पठाउने आदेश भएको छ । प्रवक्ता पाठकका अनुसार प्रतिबादीलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।
सर्वोच्च अदालतले प्रतिवादीहरुलाई जनही ७ बर्ष ६ महिना कैद , एक लाख जरिवाना र पीडितलाई जनही ५० हजार क्षतिपुर्तिभराउनु फैसला गरेको थियो ।