जेष्ठ ५, २०८१ शनिबार

आकांक्षीहरुलाई मत माग्दै नहिड्न आग्रह

विर्तामोड । नेपाली कांग्रेस प्रदेश नं. – १ का सभापति उद्वव थापाले स्थानीय तहका आकांक्षी उम्मेद्वारहरुलाई स्वघोषणा गरेर मत माग्दै नहिड्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवस एवं शहीद उद्रकान्त राजवंशीको ४९ औं स्मृति दिवसको सन्दर्भमा शहीद उद्रकान्त राजवंशी स्मृति प्रतिष्ठानको कार्यालय एवं शालिक निर्माण स्थलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् ।

नेपाली कांग्रेसको नीति अनुसार अहिले आफ्ना जनप्रतिनिधिहरु छान्ने अधिकार वडा कार्य समितिलाई नै रहेको बताउँदै सभापति थापाले वार्ड तहबाट सिफारिस भएर आएकै ब्यक्ति उम्मेद्वार हुने स्पष्ट पार्दै पार्टीले उम्मेद्वारको टुङ्गो नलगाउन्जेल पार्टीका पक्षमा प्रचार–प्रसार गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल आचार्य, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, महाधिवेशन प्रतिनिधिहरु छत्रबहादुर गिरी र जलकुमार गुरुङ, नेपाली कांग्रेस विर्तामोड नगर सभापति भोजराज सिटौला लगायतले मन्तब्य राखेका थिए ।

नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय सभापति एवं शहीद उद्रकान्त राजवंशी प्रतिष्ठान निर्माण समितिका संयोजक खगेन्द्र मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति लक्ष्मीप्रसाद आचार्य र सञ्चालन रामबाबु धिमालले गरेका थिए ।

प्रकाशित मिति : चैत्र ९, २०७८ बुधबार  ७ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]