बैशाख २६, २०८१ बुधबार

बिर्तामोडमा ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर २०२२’

बिर्तामोड । विगत वर्षहरुमा झैं यस वर्ष पनि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले नेपालका प्रमुख शहरहरुमा ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर २०२२’ आयोजना गरेको छ ।

वैदेशिक अध्ययनका लागि इच्छुक नेपाली विद्यार्थी र अष्ट्रेलिया, क्यानडा, युके र अमेरिकाका विभिन्न विश्व विद्यालय तथा कलेजका प्रतिनिधिहरुले एक अर्कासँग प्रत्यक्ष रुपमा संवाद गर्न पाउने व्यवस्थाका लागि एजुकेशन फेयर गर्न लागिएको प्रेस विज्ञप्तीमार्फत एक्सपर्टले जनाएको छ ।

विगत दुई वर्ष कोरोना कहरका कारण सिर्जित यात्रा प्रतिबन्धका कारण प्रत्यक्ष रुपमा यस्ता कार्यक्रमहरु आयोजना गर्न सम्भव नहुँदा एक्सपर्टले भर्चुअल रुपमा सम्पन्न गरेको थियो । तर यसवर्ष अलि सहज वातावरण बनेकाले प्रत्यक्ष भेटघाटको व्यवस्था मिलाइएको बिर्तामोड शाखाका प्रमुख कृष्ण खतिवडाले जानकारी दिएका छन् ।

नेपालका प्रमुख शहरहरु धनगढी, नेपालगञ्ज, घोराही, बुटवल, पोखरा, नारायणगढ, हेटौंडा, विराटनगर, बिर्तामोड र काठमाडौमा क्रमशः चैत्र ७, चैत्र ८, चैत्र ९, चैत्र १०, चैत्र १२, चैत्र १३, चैत्र १४, चैत्र १५, चैत्र १६ र चैत्र १८ गते ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर २०२२ मार्च÷अप्रिल’ आयोजन गरिएको हो ।

बिर्तामोडको आफ्नै सेमिनार हलमा यही चैत १६ गते आयोजना गरिने एजुकेशन फेयरमा सहभागिताका लागि यस क्षेत्रका अभिभावक तथा विद्यार्थीहरुलाई शाखाप्रमुख खतिवडाले आग्रह पनि गरेका छन् ।

नेपालका प्रमुख १६ शहरहरु समेत विश्वका १३ देशका ४५ भन्दा बढी शहरहरुमा शाखाहरु संचालनमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई विगत दुई दशकदेखि आधिकारिक र विश्वसनीय परामर्श प्रदान गर्दै आएको खतिवडाको भनाई छ ।

प्रकाशित मिति : चैत्र १०, २०७८ बिहीबार  ९ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]