बैशाख २४, २०८१ सोमबार

शिवसताक्षीका विधार्थीलाई साइकल

शिवसताक्षी । शिवसताक्षी नगरपालिका ५ नं. वडा कार्यालयले विपन्न परिवारका छात्राहरुलाई साइकल वितरण गरेको छ । शिवसताक्षी वडा नं. ६ शिवगञ्ज स्थित जनआदर्श माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययरत छात्राहरुलाई साइकल वितरण गरेको हो ।

वडाको सिलिङ बजेटबाट विपन्न छात्राको पहिचान गरि २८ जनालाई साइकल उपहार दिएको वडा कार्यालयले जनाएको छ । उक्त साइकल नगर प्रमुख चन्द्रकुमार शेर्माले वितरण गरेका थिए ।

साइकल वितरणका क्रममा बोल्दै प्रमुख शेर्माले विपन्न परिवारका छोरीहरुलाई विद्यालयसम्म जानका लागि साइकल वितरण गरिएको बताए । विपन्न परिवारका छात्राहरुलाई विद्यालयसम्म जान सुविधा दिएको सुविधाले छात्राहरुको सिकाईमा सुधार हुने बताए । नगरपालिकाले क्रमशः यस्ता विपन्न परिवारहरुको पहिचान गरी आउँदा दिनहरुमा क्रमशः विद्यार्थीको सुविधाका लागि सकारात्मक भुमिका रहने नगरप्रमुख शेर्माको भनाई थियो ।

शिवसताक्षी वडा नं. ५ भेलामुनीबाट शिवगञ्ज माध्यमिक विद्यालय जान लामो दुरी पार गर्नुपर्ने र विपन्न परिवारका विद्यार्थीहरु साधनको अभावमा अध्ययपन गर्न कठनाईको महसुस गरी साइकल वितरण गरिएको वडा नं. ५ वडाध्यक्ष सत्यनारायण राजवंशीले जानकारी दिए ।
उनले जनप्रतिनिधि आएपछि वडाका बाटाहरु स्तरोन्नती गरिएको हुँदा सवारी साधान सजिलै चलाउन सकिने भएकाले ग्रामीण क्षेत्रका विद्यार्थी साइकल प्रभावकारी हुने बताए । उनका अनुसार ४ बर्ष अघि सो क्षेत्रका कुनै पनि बाटाहरु वर्खायाममा सवारी साधन हिलाम्मे भएका कारण चलाउन सकिने अवस्था थिए । तर अहिले त्यो अवस्था नभएको उनको भनाई छ ।

गरिव र विपन्न परिवारका छात्रालाई लक्षित गरि प्रदान गरिएको साइकल पाउन कोही छुटे आगामी कार्यक्रममा सम्बोधन हुने पनि वडा अध्यक्ष राजवंशीले जानकारी दिए । विद्यालयले उपलब्ध गराएको नाम र वडा कार्यपालिकाले गरेको अनुगमन विद्यार्थीको आवश्यकताका आधारमा साइकल पाएको बताइएको छ ।

प्रकाशित मिति : चैत्र १३, २०७८ आईतबार  ९ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]