बैशाख १४, २०८१ शुक्रबार

पुलिस दमक गोल्डकपको फाइनलमा प्रवेश

दमक । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब काठमाडौं झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । गोर्खा ब्वाइज रुपन्देहीलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो ।

खेलको ५९ औँ मिनेटमा नीरकुमार राईले डिएरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । उनको यही गोल निर्णयक बन्यो । निकै प्रतिस्पर्धात्मक खेलमा गोर्खा ब्वाइजले गोल गर्ने प्रयास ग¥यो । तर, सफल हुन सकेन । जीतसँगै पुलिसले शुक्रबार उपाधिका लागि मनाङमस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

बुधबारको खेलको म्यान अफ दि म्याच नीरकुमार राई भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे । दमक नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा चार विदेशी टोलीसहित दश टोलीको सहभागिता थियो ।

प्रतियोगिताको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने दमक खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईले जानकारी दिए । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : चैत्र १६, २०७८ बुधबार  ६ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]