चैत्र १६, २०८० शुक्रबार

उपाधिका लागि पुलिस र मनाङ भिड्दै

दमक । झापाको दमकमा जारी दमक गोल्ड कपमा शुक्रबार नेपाल पुलिस क्लब र मनाङ मस्र्याङदी क्लब उपाधिका लागि मैदानमा उत्रिदैछन् । दमक –३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा दुवै टिमले उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्नेछन् ।

पुलिस सेमिफाइनलमा गोर्खा ब्वाइज लाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने मनाङ सेमिफाइनलमा माने भञ्ज्याङ दार्जीलिङलाई हराएको थियो । बिहीबार दमक– ३ स्थित खेल मैदानमा भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले जित्ने रणनीतिका साथ मैदानमा उत्रिने बताएका छन् ।

पुलिसका प्रशिक्षक अनन्त थापाले आफ्नो टोलीले विगतको तुलनामा खेल सुधार गरेका कारण जित्ने दाबी गरे । उनले आफ्नो टिममा आफ्नै खेलाडी भएको कारण टिमको तालमेल मिल्ने भएकाले जीत निकाल्न सहज हुने बताए ।

मनाङका प्रशिक्षक राजेन्द्र तामाङले आफूसँग राम्रो खेलाडी भएका कारण जीत निकाल्न सहज हुने बताएका छन् । उनले अघिल्लो दमक गोल्ड कपमा उपविजेतामा चित्त बुझाएकाले यसपटक भने आफूहरुले जीत निकाल्ने बताए ।

यसअघि २०७५ मा भएको दमक गोल्डकपको उपाधि पुलिसले जितेको थियो भने मनाङ उपविजेतामा चित्त बुझाएको थियो । खेलाडीलाई हौसला प्रदान गर्न प्रिम्याच कन्फ्रेन्समा पुगेका दमक नगपालिकाका मेयर रोमनाथ ओली र उपमेयर गीता अधिकारीले दमकलाई खेलको हब बनाईने बताउँदै दुवै टिमलाई शुभकामना दिए । शुक्रबारको फाइनल खेल समापनको लागि पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली आउने आयोजकले जनाएको छ ।

दोश्रो संस्करणको दमक गोल्डकपको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने दमक खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईले जानकारी दिए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : चैत्र १७, २०७८ बिहीबार  ६ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]