जेष्ठ ६, २०८१ आईतबार

झापामा प्याब्सनले पब्लिकेशन तोकेर किताव खरिद गराउनु आपत्तिजकन

बिर्तामोड । झापाका पुस्तक व्यवसायीले निजी तथा आवासीय विधालय अर्गनाइजेशन (प्याब्सन) ले दुई पब्लिकेशन बाहेकका व्यवसायीलाई विभेद् गरेको आरोप लगाएका छन् । निश्चित पब्लिकेशनलाई मात्रै पुस्तकको विक्रि वितरणमा सहयोग गरेर प्याब्सनले अन्य व्यवसायीमाथि अन्याय गरेको भन्दै आपत्ति प्रकट गरेका छन् ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा शाखाले आयोजना गरेको अन्तरक्रियामा व्यवसायीमाथि प्याब्सनले हैकमबाद चलाएको आरोप लगाए । झापाका संस्थागत विधालयहरुलाई प्याब्सनले बेदान्त पब्लिकेशनको गणित र संगम पब्लिकेशनको विज्ञान विषय मात्रै खरिद गर्न भनेपछि अन्य पब्लिकेशनका प्रतिनिधिहरु आक्रोसित भएका हुन् । जिल्ला प्याब्सनले पब्लिकेशन तोकेर किताव खरिद गर भन्नु गलत भएको व्यवसायीको धारणा छ ।

???????

प्याब्सनले २५ हजार शुल्क लिएर जिल्लामा पुस्तक व्यवसाय गर्ने फर्महरुलाई सूचिकृत गर्न भनेको छ । सूचिकृत भएका व्यवसायीहरुले स्वतन्त्र पूर्वक कितावको विक्रि वितरण गर्न पाउनुपर्ने माग गरेका छन् । उनीहरुले कुनै पनि कम्पनीको किताव खरिद गर्न अनिवार्य गर्न नहुने बताए ।

प्याब्सनमा २६ वटा व्यवसायीले सुचिकृत गरिसकेका छन् । त्यसमध्ये बेदान्त र संगम पब्लिकेशनको गणित र विज्ञान विषय अनिवार्य गरिएको झापा शाखाका अध्यक्ष सञ्जय शर्मा सापकोटाले जानकारी दिए । उनले प्याब्सनको यो कदम गलत र अव्यवहारिक भएको बताएका छन् ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका शिक्षा शाखा अधिकृत दिनेश आचार्यले व्यवसायीको समस्याका बारेमा नगरपालिकामा छलफल गर्ने बताए । उनले पुस्तक व्यवसाय स्वच्छ र मर्यादित हुनुपर्ने नगरको धारणा रहेको बताएका छन् । व्यवसायीलाई अधिकृत आचार्यले विधालयहरुमा व्यवसायीले सबै विषय उपलब्ध गराउनु पर्ने भन्दै यसअघि केहि विषय छुटाएर उपलब्ध गराउँदा विधार्थीलाई पठनपाठनमा समस्या हुने गरेको बताउँछन् ।

सोही अन्तरक्रियमा व्यवसायीले बिर्तामोड नगरपालिकाको शिक्षा शाखामा कार्यरत कर्मचारी मित्र ओली पुस्तक व्यवसायमा लागेर विधालयहरुलाई पुस्तक खरिदका लागि दवाव दिने गरेको गुनासो गरेका छन् । सो गुनासो बारे नगर शिक्षा प्रमुखलाई जानकारी गराउने आचार्यले जानकारी गराए ।

यस्तै, संस्थागत विधालय अभिभावक संघ झापाका सचिव रुद्र सिटौलाले व्यवसायीहरुले केहि वर्षअघिसम्म ल्यावटप बोकेर किताव बेच्न हिडेको स्मरण गराए । उनले प्याब्सनले यो क्षेत्रलाई वैधानिक हिसावले व्यवसाय सञ्चालन गर्नका लागि सूचिकरणको अवधारणा ल्याएको हुन सक्ने बताए । उनले पुस्तक व्यवसायीमाथि संघले समान धारणा राख्नुपर्ने उनको भनाई छ । व्यवसायीको समस्या बारे सरोकारवालासँग बृहत छलफल गर्न आवश्यक रहेको उनको भनाई थियो ।

प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोले पुस्तक व्यवसायको क्षेत्रमा भएको वेतिथी र कितावमा एकरुपता ल्याउन विषय तोक्नुपरेको स्वीकार गरे । उनले व्यवसायीका कारण विधार्थीहरु मारमा पर्दै आएकाले विधार्थीलाई मारमा पर्नबाट जोगाउन पब्लिकेशन तोकेको प्रतिक्रिया दिए ।

अध्यक्ष फागोले भने, पब्लिकेश धेरै छन्, तर किताव पाइदैन । उत्कृष्ट किताव दिने पब्लिकेशन तोक्नै पर्छ । समयमा किताव नपाएका धेरै क्षणहरु भएकाले त्यसको समाधानका लागि यो अभियान चलाइएको छ । तर, यो नयाँ कुरा होइन ।

उनले झापामा २६ पब्लिकेशन सुचिकृत गरेको जानकारी दिए दिदैं सुचिकृत भएका पब्लिकेशनको उत्कृष्ट किताव प्रयोग गर्ने अधिकार भएको फागोको भनाई छ । उत्कृष्ट किताव तोकेकै हो, त्यसमा विधालयको स्वतन्त्रता पनि छ – उनले थपे ।

अध्यक्ष फागोले सुचिकृत भएका र उत्कृष्ट किताव उपलब्ध गराउने पब्लिकेशन मारमा नपर्ने दावी गरेका छन् । उनले भने, एउटा किताव दिएर हुदैन, हामीलाई जुनसुकै बेला किताव उपलब्ध गराउन सक्ने पब्लिकेशन चाहिन्छ । उनले विस्तारै सबै किताव एकिकृत गरिने जानकारी दिए ।

प्रकाशित मिति : चैत्र २५, २०७८ शुक्रबार  ८ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]