जेष्ठ ४, २०८२ शनिबार

गठबन्धन नभए झापाका सबै पालिकामा उम्मेद्वार उठाउँछौं : नेकपा समाजवादी

बिर्तामोड । झापामा नेपाली कांग्रेस र माओवादी लचिलो भएमा गठबन्धन अघि बढ्न सक्ने नेकपा समाजवादीका केन्द्रीय सदस्य नीलमणि बरालले बताएका छन् । उनले सबैले आफ्ना अडानमा लचिलो हुँदा मात्रै सहमति हुन सक्ने बताए ।

आइतवार विहान बसेको गठबन्धनको बैठकले सहमति जुटाउन नसक्दा दिनभर नेताहरु आरोपप्रत्यारोपमा उत्रिएका थिए । गठबन्धनका नेताहरुले एकले अर्को पार्टीका कारण सहमति जुट्न नसेको प्रतिक्रिया सार्वजनिक गरे । सोमवार बस्ने भनिएको बैठक बस्न सकेन । सहमति जुटाउनका लागि बनाएको कार्यदल समेत बैठक बस्न नसकेको बुझिएको छ ।

नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले गठबन्धन अन्तिम निष्कर्षमा पुगेको बताएका छन् । इजलाससित कुरा गर्दै भने – सहमति भएको कुरा पत्रकार सम्मेलन गरेर सार्वजनिक गछौं । उनले सहमतिको कुरा बाहिर सार्वजनिक गर्दा भाँडिने जोखिम रहेको सुनाए । उनैले आइतवार कांग्रेसले ‘बोल्ड’ निर्णय गर्ने सामाजिक सञ्जालमा लेखेका थिए ।

यता, नेकपा समाजवादीका नेता नीलमणि बरालले गठबन्धनभित्र भागवण्डाको विषय टुङ्गो लाग्न नसकेको जानकारी दिए । उनले दलहरु आन्तरिक छलफलमा रहेको भन्दै मंगलवार विहान बैठक बस्ने संभावना रहेको सुनाए । नेता बरालले भने – आज साँझसम्म निष्कर्ष आउनेछ ।

दलहरुका अडानले असमझदारी उब्जाउने भन्दै कार्यदलका सदस्य समेत रहेका बरालले कांग्रेस–माओवादी लचिलो हुनुपर्ने बताएका छन् । उनले गठबन्धन गरेर जाँदा सबैलाई फाइदा हुने तर्क राखेका छन् । ‘सैद्धान्तिक रुपमा गठबन्धनभित्र ९० प्रतिशत सहमति भइसकेको छ, प्राविधिक रुपमा सहमति हुन बाँकी छ’ उनले थपे – कांग्रेसले अडान छोडेन भने गठबन्धनको उद्देश्य पुरा हुदैन ।

झापामा गठबन्धन हुन नसके एक्लै चुनावमा जाने बताए । समाजवादीले सबै पालिकामा उम्मेद्वार उठाउने उनको भनाई छ । हामी निर्वाचनमा सबै पालिकामा उम्मेद्वार उठाउँछौं, बरालले भने – ‘केहि ठाउँमा विजयी हासिल गर्छौं र धेरै ठाउँमा हाम्रा मुद्दा स्थापित गर्छौ ।’ नेकपा समाजवादीले तीन पालिका अर्जुनधारा, शिवसताक्षी र भद्रपुरको प्रमुख, अन्य ६ पालिकाको उपप्रमुख र २० वडा दावी गरिहरेको छ । १४ पालिका र १ सय वडामा कमिटी विस्तार गरेको भन्दै बरालले झापामा समाजवादीले राम्रै प्रतिष्पर्धा गर्ने जनाएका छन् ।

प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार  ९ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]