बैशाख २०, २०८१ बिहीबार

झापाको गठबन्धनमा आज पनि टुङ्गिएन भागवण्डा

बिर्तामोड । झापामा सत्तारुढ गठबन्धनमा फेरि छलफल प्रारम्भ भएको छ । चार दिनदेखि बस्न नसकेको बैठक आज बसेको बुझिएको छ ।
केन्द्रमा भागवण्डा मिलिसके पनि झापामा गठबन्धन दलहरुबिच अझै सहमति हुन सकेको छैन ।

छलफल सकारात्मक दिशामा अघि बढेको छ, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सचिवालय सदस्य एवम् झापाका सहइञ्चार्ज सिपी कडरियाले भने – घेरा क्रमश : साँघुरिदैछ, तर पूर्ण निष्कर्षमा पुग्न सकिरहेको छैन ।

आज साँझसम्म सबै पालिकामा भागवण्डा मिलाउने योजना बनाएको गठबन्धनमा सहमति जुट्न सकेन । झापामा कांग्रेस र माओवादीका कारण सहमति हुन नसकेको नेकपा समाजवादीले आरोप लगाउँदै आएको छ । सम्मानजनक संख्या प्राप्त नभए एक्लै चुनावमा जाने समाजवादीको धारणा छ । यता, माओवादीले दुई दिनअघिसम्म गठबन्धनमा ७०-३० को अडान राखेको थियो ।
कांग्रेसका नेता सुधिर शिवाकोटीले गठबन्धनमा सबैले एक कदम पछि हट्नुपर्ने बताइरहेका छन् ।

प्रकाशित मिति : बैशाख ७, २०७९ बुधबार  ७ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]