जेष्ठ १, २०८२ बुधबार

झापामा गठबन्धन टुट्यो, समाजबादी बाहिरियो

बिर्तामोड । झापामा गठबन्धन बिचको सहमति टुटेको छ । गठबन्धनमा रहेको एउटा दल नेकपा समाजबादी बाहिरिएको प्रचार बिभाग प्रमुख तीर्थ सिग्देलले जानकारी दिए ।

गठबन्धनमा सहमती नभएपछी समाजबादीले १५ पालिकामा उम्मेदवारी दिने तयारी गरेको सिग्देलले बताए ।

सत्तारूढ दलभित्र भागवण्डामा सहमति नजुटेपछि गठबन्धनमा बिबाद शुरु भएको छ । समाजबादीलाई गठबन्धनले सम्मानजनक ब्यवहार नगरेपछि समाजबादी बाहिरिएको हो । गठबन्धनमा समाजबादीलाई अर्जुनधारा र कमल गाउँपालिकाको उपाध्यक्ष दिएको छ । समाजबादीले बिर्तामोड र शिवसताक्षीको उपमेयर मागेको थियो । थप दुई उपमेयर नपाएपछि समाजबादी गठबन्धनबाट बाहिरिएको हो ।

स्रोतका अनुसार १४ पालिकामा काङ्ग्रेसले प्रमुख दाबी गरेको छ भने बाकी उपप्रमुख र उपाध्यक्ष माओबादीले दाबी गरेको छ । त्यसमध्ये दुई उपप्रमुख समाजबादीलाई दिइएको थियो । सो सहमतिमा समाजबादीले अस्वीकार गरेको छ ।

प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार  ४ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]