जेष्ठ ४, २०८२ शनिबार

बिर्तामोडका डिएसपीलाई संचारकर्मीको सूझाव : पुराना फाइल खोल्नु

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी रुगम कुँवरलाई स्थानीय संचारकर्मीहरुले पुराना फाइल खोल्ने सूझाव दिएका छन् । संचारकर्मीहरुसँगको परिचयात्मक कार्यक्रममा डिएसपी कुँवर पुराना फाइल खोल्ने सन्दर्भमा आफु सकारात्मक रहेको बताए ।

??????

शुक्रवार बिर्तामोड क्षेत्रका संचारकर्मीसँग आयोजना गरिएको परिचयात्मक कार्यक्रममा बोल्दै डिएसपी कुँवरले बिर्तामोड रहुञ्जेल सबै क्षेत्रसँग समन्वय गरेर सुरक्षा सेवामा काम गर्ने बताए । उनले आफु अनुसन्धानमा लगाव राख्ने प्रहरी भएको भन्दै अनुसन्धानलाई प्राथमिकतमा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।

बिर्तामोड जिल्लाकै व्यापारिक शहर भएकाले यहाँको सुरक्षामा संवेदनशील भई प्राप्त जिम्मेवारी निर्वाह गर्ने उनको भनाई थियो । २०६० साल देखि प्रहरी सेवामा प्रवेश गरेका कुँवर सीआइवीबाट बिर्तामोड इलाकाको प्रमख भएर आएका हुन् । उनले यहाँको मुख्य चुनौतिका रुपमा रहेको लागुऔषधको प्रयोग र व्यापार नियन्त्रणमा प्राथमिकता दिने बताए ।

प्रकाशित मिति : बैशाख ९, २०७९ शुक्रबार  ५ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]