जेष्ठ ५, २०८१ शनिबार

असारुको उम्मेद्वारीले उत्साहित भद्रपुर

भद्रपुर । झापाको पुरानो नगरपालिका भद्रपुरमा भुमिपुत्र असारु राजवंशीको उम्मेद्वारीले स्थानीयवासी उत्साहित भएको पाइएको छ । शनिवार घरदैलोका क्रममा भेटिएका राजवंशीलाई आशिर्वाद थाप्न भ्यानभ्याई थियो । युवा, वयस्क र वृद्धवृद्धाको रोजाईमा परेका असारुले अबको पाँच वर्ष भद्रपुरको मेयर बनेर जनताको सेवा गर्नेमा ढुक्क छन्, स्थानीय । तर, मेयरको लागि बैशाख ३० गतेको फैसला कुर्नैपर्ने हुन्छ ।

झापामा राजवंशी समुदायलाई यहाँको भूमिपुत्र मानिन्छ । राजवंशी समुदायबाटै भद्रपुरको मेयरमा एमालेले उम्मेद्वार बनाएपछि भद्रपुरवासीमा असिमित उत्साह प्रकट भइरहेको पाइएको छ । बैशाख ११ गतेको मनोनयन दर्तापछि घरदैलोमा निस्किएका राजवंशी अपेक्षाभन्दा धेरै माया प्राप्त गरेको सुनाउँछन् । पूर्णकालिन राजनीतिमा लागेका राजवंशी भद्रपुरबासीको हरेक दुखका सारथी हुन् । भद्रपुरबासीको दुखमा उनको अनुपस्थिति विरलै छ ।

नेकपा एमाले भद्रपुरका तर्फबाट मेयरका उम्मेद्वार बनेका राजवंशी, उपमेयरको उम्मेद्वार कौशिला अधिकारीसहित जिल्लादेखि स्थानीयस्तरका नेता, वडाध्यक्ष, सदस्यहरु घरदैलोमा लागेका छन् । हालसम्म वडा नं. १ र १० मा घरदैलो सम्पन्न भइसकेको छ । शनिवारदेखि वडा नं. ५ मा घरदैलो प्रारम्भ गरिएको छ । घरदैलो अभियानका क्रममा शनिवार भद्रपुर बजार क्षेत्रमा मतदातासँग भेटघाट गरिएको थियो ।

घरदैलोमा उनलाई सबैले भन्ने गरेका छन्, ‘भद्रपुरको चहाना नै असारु हो । हामीले यहि धुलोमा खेलेर हुर्किएको मान्छेले सामाजिक सेवामा गरेको योगदान भुल्न सक्दैनौं । अबको मेयर असारु नै हो, ढुक्क हुनु ।’ घरदैलोका क्रममा भेटिएका अधिकांश भद्रपुरबासीले असारु राजवंशीले मेयरको टिकट पाएकोमा असाध्यै खुशी प्रकट गरे । यहाँ कसले जित्छ भन्ने जिज्ञासा नराखे हुन्छ, जित्ने नै असारुले हो ।

२०३६ सालमा जन्मिएका असारु भद्रपुर १० निवासी हुन् । विधार्थी आन्दोलनबाट राजनीति जीवन शुरु गरेका उनी अहिले नेकपा एमाले झापाका उपसचिव हुन् । प्रष्ट वक्ताका रुपमा स्थापित राजवंशी झापामा राम्रो राजनीतिक छवि बनाएका व्यक्तित्व हुन् । उनले यसअघि अनेरास्ववियुको केन्द्रीय सदस्य, मेची इञ्चार्ज हुँदै काम गरेका छन् । मेची क्याम्पसमा स्ववियु सदस्य, कोषाध्यक्ष हुँदै स्ववियु सभापति बनेका उनले जनआन्दोलनका क्रममा युवा, विथार्थीको नेतृत्व गरेका थिए । जनआन्दोलनमा उनले निभाएको भूमिकाबाटै झापाको राजनीति क्षेत्रमा उनले आफ्नो नामलाई बलियो रुपमा स्थापित गराउन सफल भए ।

०७४ को निर्वाचनमा चुनावी कमाण्ड गरेका राजवंशीलाई जिताउने जिम्मा हालका मेयर जीवन श्रेष्ठकै काँधमा आएको छ । भद्रपुर प्रचार नगर कमिटी संयोजक श्रेष्ठले अघिल्लो निर्वाचनमा राजवंशीले खेलेको भूमिका खेल्ने समय आएको छ ।

मेयर पदका उम्मेद्वार राजवंशीले घरदैलोका क्रममा आम नागरिक, मतदाताहरुले अपेक्षाभन्दा धेरै शुभेच्छा प्रकट गरिरहेको बताए । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको ९ महिने सरकार कालमा भद्रपुरमा २ सय करोड बजेट ल्याएर भौतिक पूर्वाधार विकासमा खर्च गरेको बताएका छन् । भद्रपुरका मुख्य सडक निर्माण, मेची पुलको उद्घाटन, पर्यटन क्षेत्रको विकासमा काम गरेका कारण भद्रपुरबासीले सुर्यमा मतदान गर्ने कुरामा आफु ढुक्क भएको बताउँछन् । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा २ पटक रहेर काम गरेका उनलाई भद्रपुरबासीले केन्द्रबाट योजना, बजेट ल्याउन सक्ने व्यक्तिमा रुपमा चिनेका छन् ।

एमाले सरकारको पालामा भद्रपुर विमानस्थलको रात्रीकालिन उडान गरिएको बताउँदै मेयरका उम्मेद्वार राजवंशीले मेची क्याम्पस, मेची अस्पतालको विकासमा आफ्नो महत्वपूर्ण ध्यान रहेको बताएका छन् । विशेष गरी भद्रपुरमा मजदुरको क्षेत्रमा नगरपालिकाबाट योजना निर्माण गरेर उनीहरुको संरक्षण र सुरक्षाका लागि काम गर्ने उनको भनाई छ । नगरलाई युवामैत्री बनाउँदै नगरलाई शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, उधोगको क्षेत्रमा आम नागरिकको भावनालाई अध्ययन गरेर काम गर्ने लक्ष्य रहको राजवंशीको भनाई छ । उनले भद्रपुरमा रहेका रुग्ण उधोगहरुको सञ्चालनमा विशेष ध्यान दिने बताए ।

राजवंशी भन्छन्, यहाँका उधोगी व्यवसायीदेखि मजदुर वर्गको माया नै मेरो जीत हो । एमालेलाई भोट हाल्न सबैको व्यग्र चहाना देखिन्छ । भद्रपुरमा लगभग ५ हजार मत अन्तरले निर्वाचित हुने कुरामा ढुक्क छौं । भद्रपुरको चुनावमा गठबन्धनलाई नै भारी परिरहेका राजवंशीको उदयलाई कसैले छेक्न नसक्ने स्थानीय मतदाता बताउँछन् ।

यसअघिको निर्वाचनमा मेयर÷उपमेयरसहित ७ वटा वडा जितेको एमालेले बहुमत प्राप्त गरेको थियो । विगतमा कमजोर भएका वडामा यो निर्वाचनमा सहजै पार लाग्ने उपमेयरको उम्मेद्वार अधिकारीको भनाई छ । उनले भद्रपुरमा बैशाख ३० पछि एमालेले विजयी उत्सव मनाउन मात्रै बाँकी रहेको बताइन् ।

भद्रपुर बजारलाई जिल्लाकै प्रमुख बजारका रुपमा स्थापित गर्दै अन्तराष्ट्रिय बजारको ट्रान्जिट पोइन्ट बनाउने मेयरका उम्मेद्वार राजवंशीको लक्ष्य छ । उनले पर्याप्त संभावना बोकेको भद्रपुरलाई औधोगिक क्षेत्रको रुपमा विकास गर्दै १४ किमिमा रहेको बंगलादेशको बजारसँग जोड्ने बताएका छन् ।

प्रकाशित मिति : बैशाख १७, २०७९ शनिबार  ७ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]