जेष्ठ ३, २०८१ बिहीबार

चिया मजदुरमाथि न्याय गर

राजनीतिक इतिहासमा नेपाली श्रमजिवी मजदुरको योगदान कसैले भुल्न सक्दैन । मजदुरको आन्दोलनबाटै नेपाल राष्ट्रको परिवर्तन उठेको हो । परिवर्तनमा सारथी बनेका मजदुरको आन्दोलनले कसैला छोएको छैन । निर्वाचनमा मत चाहिनेहरुलाई यतिवेला मजदुरको समस्याको कुनै पर्वाह छैन । मात्र, राजनीतिका लागि प्रयोग गरिने मजदुरको जीवनमा न्यायले कहिल्यै बास पाएको छैन । मजदुरलाई न्याय दिन उनीहरुको आन्दोलनलाई साझा आन्दोलन र दवाव आवश्यक छ । तर, राजनीतिक दलको मुख्य भूमिका नभएका कारण यतिवेला झापाको चिया मजदुरको आन्दोलन निष्कर्षमा पुग्न सकेको छैन ।
देशभर चिया मजदुर आन्दोलनमा उत्रिएका छन् । उनीहरुको चरणबद्ध आन्दोलनले एक महिना पुरा गरेको छ । वर्षौदेखि आन्दोलनमा लागेका चिया मजदुर पछिल्लो समय सरकारले व्यवस्था गरेको श्रम ऐन अनुसारको ज्याला पाउनुपर्ने भन्दै सडकमा निस्किएका छन् । हरेक दिन आन्दोलनलाई आक्रामक बनाइरहेका चिया मजदुरले आइतवार बिर्तामोडमा उधोगीको पुत्ला जलाए । हल्दिवारीको कामाक्ष देवि चिया प्रशोधन कारखानामा तोडफोड सहित आगजनी पनि गरे । यस्तो अवस्थामा पुगेको आन्दोलन प्रति जिल्लामा सरोकारवालाले चासो दिन सकिरहेका छैनन् ।
सरकारले व्यवस्था गरेको नीति कार्यान्वयन गर्ने उधोगीले हो । उनीहरुकै पसिनाले आर्जन गरेर जीवनको खुसी प्राप्त गरिरहेका उधोगीलाई मजदुरको पीडासँग कुनै सरोकार छैन । उनीहरुको पनि जीवन छ । सन्तानको शिक्षा, स्वास्थ्य अधिकार समेत पुरा गर्न धावाधावा छ । कामपछिको मनोरञ्जन टाढाको विषय भइसक्यो । न्यूनतम जीवनको आवश्यकता समेत पुरा गर्न नसकिरहेका चिया मजदुरको आन्दोलन जायज छ । सरकारले व्यवस्था गरेको ज्याला नीति कार्यान्वयन गर्ने सरकारकै दायित्व हो । तर, सरकार कै निकायले मजदुरको आन्दोलनलाई दवाउन खोजिरहेको छ । उधोगीलाई ज्यालाको व्यवस्था गर्न दवाव दिनु पर्नेमा उल्टै असहयोग गर्नु सरकारको भूमिका समेत शंकास्पद देखिएको छ । दलहरुले मजदुरको जायज मागलाई पुरा गर्न भूमिका देखाउन ढिला भइसक्यो ।

प्रकाशित मिति : बैशाख १७, २०७६ मंगलबार  ९ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]