बैशाख २३, २०८१ आईतबार

श्रम ऐन कार्यान्वयन गराउन माग

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले श्रम ऐन कार्यान्वयन गराउन माग गर्दै भद्रपुर नगर शिक्षा समितिमा ध्यानाकर्षण पत्र बुझाएको छ ।


युनियनका नगर अध्यक्ष द्रोण अधिकारीको नेतृत्वमा गएको टोलीले भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ तथा नगर शिक्षा अधिकारी उद्धव विष्टलाई श्रम ऐनले व्यवस्था गरे अनुरूप संस्थागत विद्यालयले पारिश्रमिक दिन आनकान गरेको भन्दै ध्यानाकषर्ण पत्र बुझाएको हो ।

संस्थागत विद्यालयमा कार्यरत कर्मचारी तथा शिक्षकहरूलाई ऐनमा तोकिएको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ अनिवार्य लागु गरिनु पर्ने, तहगत शिक्षकको तलवमान कायम हुनु पर्ने, नियुक्ति पत्र दिइनु पर्ने, विदा सुविधा, तथा बडादशैं चार्ड बापत प्राप्त हुने दशैं खर्चको व्यवस्था अनिवार्य लागु गरिनु पर्ने मागअघि सारेर नगर शिक्षा समितिको ध्यानाकर्षण गरेको हो ।


युनियनले श्रम ऐनमा व्यवस्था भए बमोजिम १३ महिनाको तलब पाउने नियम अनुसार दशैं खर्चको माग राखी शिक्षकहरूले खाइपाइ आएको १ महिनाको तलब वरावर दशैं खर्चको रूपमा दिनुपर्नेमा भद्रपुर नगर क्षेत्रमा सञ्चालित विद्यालयका सञ्चालकले मनोमानी गरिरहेकोमा एक रूपता कायम गराउन युनियनले अभियान थालेको हो ।

यसै गरी युनियनले नगर शिक्षा समितिमा आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्न माग समेत अगाडि सारेको छ । नगर क्षेत्रको शिक्षा विकासमा आधा हिस्सा ओगटेका संस्थागत विद्यालयका शिक्षको प्रतिनिधित्व नभइ नगरको शिक्षा विकासमा योगदान नहुने युनियनको ठहर छ ।

ध्यानाकर्ष पत्र बुझ्दै नगर प्रमुख जीवनकुमार श्रेष्ठले सरकारको नीति अनुरूप संस्थागत विद्यालय सञ्चालित हुने वातावरण तयार गर्न प्रतिबद्धता जाहेर गरे । उनले श्रम ऐनको सम्मान गरी विद्यालय सञ्चालकले बौद्धिक जगत शिक्षकको पेशाप्रति सम्मानको भावना जगाउन नगर शिक्षा समिति मार्फत पहल गर्ने धारणा समेत राखेका थिए

प्रकाशित मिति : भाद्र १७, २०७६ मंगलबार  ८ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]