जेष्ठ ६, २०८१ आईतबार

कृषि बिकास बैंक बिर्तामोडद्वारा २ करोडको घरजग्गा २३ लाखमै लिलाम

बिर्तामोड । झापा बिर्तामोड– ४ कि आशा परियारलाई कृषि विकास बैंक बिर्तामोडले ६४ लाख ४१ हजार २ सय २३ रुपैयाँ धितो मुल्याङकन गरेर २० लाख कर्जा दिएको थियो ।


उनले साँवा व्याज गरेर २३ लाख बुझाउन बाँकी रहेपछि बैंकले परियारको घर जग्गा नै लिलामी गरिदिएको छ । लिलामी गरेको सो घर २६ लाख २७ हजारमा विक्रि गरेको पाइएको छ । चलनचल्तीको हिसावमा परियारको घरजग्गा करिव २ करोडको छ ।


एकल महिला समेत रहेकी परियारले व्यवसाय सञ्चालन गर्न तिन पटक गरेर २० लाख कर्जा लिएकी थिइन् । उनले बैंकले प्रक्रिया विपरित लिलामी गरेको आरोप लगाएकी छन् ।
उनले ०७४ साल कार्तिक १६ गते पहिलो पटक ५ लाख कर्जा लिएकी थिइन् । त्यसपछि २ पटक गरेर ५ र १० लाख लिएको परियारको भनाई छ ।

उनको गत असार २९ गते आइतवार बैंकले घरजग्गा लिलामी गरिदिएको छ । बिर्तामोडको पुरानो भद्रपुर रोडमा रहेको कित्ता नम्बर २७,७६ को ११ धुर जग्गा लिलामी भएको छ । सोहि जग्गामा परियारको १६ कोठे घर छ । चलनचल्तीमा प्रतिधुर १० लाखभन्दा बढि पर्ने सो जग्गा बैंकले २० लाख कर्जामै लिलामी गरेको परियारको भनाई छ ।

उनले फुड सफारी सञ्चालन गर्न कर्जा लिएको बैंकको अभिलेखमा उल्लेख छ । बैंकमा निरन्तर व्याज बुझाइरहेकी परियारले पछिल्लो ६ महिना व्याज बुझाउन नगएको बताएकी छन् । उनले कृषि बैंक बिर्तामोड शाखाले प्रक्रिया विपरित घरजग्गा लिलामी गरेको आरोप लगाएकी छन् ।

मुल्याङकनका आधारमा लिलामी हुनुपर्ने बैंक को कार्यविधि भएपनि सो प्रक्रिया नअपनाएको परियारको दावी छ । परियारका अनुसार बैंकले लेनाका आधारमा लिलामी गरेको छ ।
बैंकले घर जग्गा लिलामी गरेपछि व्यवसायिक रुपमा जग्गाको कारोवार गर्ने बिर्तामोड–८ का टिकाराम उप्रेतीले परियारको घरजग्गा नै खरिद गरेको स्वीकार गरेका छन् ।

इजलाससँगको कुराकानीमा उप्रेतीले भने, – बैंकले लिलामी गरेको घर डाकबढाबड भएपछि मैले २६ लाख २७ हजार पु¥याए र खरिद गरे । बैंकले डाकबडाबडका लागि आव्हान गरेपछि सो घरजग्गामा एकराज विष्टले २६ लाख २१ हजार, बाँसुदेब भट्टराईले २६ लाख, आयुस अधिकारीले २६ लाख २६ हजार, घनेन्द्र कुमार पाण्डेले २६ लाख १६ हजार र उप्रेतीले २६ लाख २७ हजार पु¥याएको कागजमा देखिन्छ ।

सो प्रक्रियामा जिल्ला प्रशासन कार्यालय झापाको नासु सृजना लुइटेल, मालपोत कार्यालय भद्रपुरकाका नासु पुरुषोत्तम ढकाल र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव निरिक्षक खुदु मुर्मूले हस्ताक्षर गरेका छन् । बैंकको भद्रपुर शाखामा कार्यरत व्यवसाय पदका तुलाराम थापाले प्रक्रियाको काम तामेल गरेका छन् ।


कृषि विकास बैंकले बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार शर्त पालना नगरेको भन्दै लिलामी प्रक्रिया अघि बढाएको थियो । जम्मा २० लाख कर्जा लिएकी परियारको करिव ३ लाख व्याज बुझाउन बाँकी रहेपछि बैंकले प्रक्रिया अघि बढाएको देखिन्छ । साँवा र व्याज गरेर २३ लाखभन्दा बढि पुगेपछि बैंकले तागेता गरेको थियो ।


घरजग्गा लिलामीको बारेमा जानकारी नपाएको फुड सफारी सञ्चालक परियारको भनाई छ । उनले बैंकले प्रक्रिया विपरित घरजग्गा लिलामी गरेर आफुलाई सडकमा पु¥याएको बताइन् । पीडित परियारले लिलामी प्रक्रिया गलत भएको भन्दै कृषि बैंक विरुद्ध झापा जिल्ला अदालतमा मुद्धा दर्ता गराएकी छन् ।


बैंकका शाखा प्रमुख यम पौडेलले लिलामी प्रक्रिया कार्यविधि बमोजिम गरेको जानकारी दिएका छन् । उनले लिलामी जस्तो संवेदनशील विषयमा बैंकबाट त्रुटि नहुने दावी गरे । लिलामीका लागि आवश्यक सबै प्रक्रिया पुरा गरेका छौं, प्रमुख पौडेलले भने – जिल्लास्तरीय लिलामी समितिको स्वीकृतबाटै अघि बढेका हौं ।

उनका अनुसार कर्जा लिने परिवारलाई पटक–पटक कर्जा र साँवा तिर्न अनुरोध गरिएको थियो । उनले कर्जा लिने परिवारलाई समेत लिलामीबारे पूर्व अवगत गराएको र बैंक राष्ट्रिय अखवारमा दूई पटक सूचना नै प्रकाशित गरेको जानकारी दिए । यसबारे स्थानीय वडा कार्यालयलाई समेत बोदार्थ गरिएको थियो । ‘ हामीले लिलामी चाहेका होइनौं, प्रमुखले भने – साँवा तिर्न नसके व्याज तिर्नु भनेका थियौं ।

प्रकाशित मिति : भाद्र १७, २०७६ मंगलबार  ८ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]