बैशाख २८, २०८१ शुक्रबार

झापाको ७ स्थानीय तहमा एमालेको अग्रता कायमै

बिर्तामोड । बैशाख ३० गते सम्पन्न निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । झापाका केहि स्थानीय तहमा शुक्रवार देखि नै गणना शुरु गरिएको थियो । कतिपय पालिकामा शनिवार विहानदेखि मात्रै गणना शुरु भएको निर्वाचन अधिकृतको कार्यलयहरुले जनाएका छन् ।

शनिवार झापाको भद्रपुर १, कचनकवल १, दमक १, शिवसताक्षी १, कमल १ र बाह्रदशीको वडा नं। १ मा मतपरिणाम सार्वजनिक भइसकेको छ । भद्रपुर, दमक र शिवसताक्षीमा एमाले र बाह्रदशी, कमल, कचनकवलमा कांग्रेसले प्यानल नै जितेका छन् ।

शनिवार विहानदेखि झापाका १५ वटै पालिकामा मतगणना जारी रहेको छ । मेचीनर, अर्जुनधारा र झापा गाउँपालिकामा ढिलो गरी गणना शुरु भएको थियो । रातीदेखि मेचीनगरको मतगणना रोकिएको छ ।
७ स्थानीय तहमा एमाले, ६ स्थानीय तहमा कांग्रेस, १ राप्रपा र १ स्वतन्त्र उम्मेद्वारले अन्य दलहरुलाई पछि पारिरहेका थिए । एमालेको ७ स्थानीय तहमा अग्रता छ ।

नेकपा एमालेको मेचीनगर, अर्जुनधारा, बिर्तामोड, शिवसताक्षी, दमक, गौरीगञ्ज र गौरादहमा अग्रता छ भने कांग्रेसको बुद्धशान्ति, भद्रपुर, कचनकवलमा,झापा गाउँपालिका,बाह्रदशी र कमलमा अगाडि छ ।
यस्तै, हल्दिवारीमा राप्रपा अगाडि बढिरहेको छ भने कनकाईमा कांग्रेसमा विद्रोही गरेका स्वतन्त्र उम्मेद्वार शेरबहादुर थापाको अग्रता कायमै रहेको छ ।

कांग्रेस एमाले तालमेल भएको कचनकवलमा कांग्रेसबाट अध्यक्षको उम्मेद्वार बनेका कालेन्द्र राजवंशीलेले लिड गरिरहेका छन् भने उपाध्यक्षमा राप्रपाबाट उम्मेद्वार बनेकी निमसरी राजवंशीको मत अगाडि छ । झापामा एमाले विरुद्ध गरिएको पाँच दलीय गठबन्धनका अगाडि एमालेले एक्लै ७ स्थानीय तहमा अग्रता हासिल गर्दै आएको एमाले नेताहरुले जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार  ८ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]