बैशाख २२, २०८१ शनिबार

झापामा चर्चा कमाइरहेको जेब्रालाई सूर्यले उछिन्यो

बिर्तामोड । झापा कनकाई कांग्रेस, एमालेलाई धेरै ठुलो मतान्तरले अगाडि पछि रहेको जेब्रा देशव्यापारी चर्चामा थियो । मतगणना शुरु भएपछि आइतवार साँझसम्म अगाडि रहेको जेब्रा पछि परेको छ ।

कांग्रेसका विद्रोही उम्मेद्वारका रुपमा शेर वहादुर थापाले कनकाईमा स्वतन्त्र उम्मेद्वारी दिएका थिए । उनलाई एमालेका उम्मेद्वार राजेन्द्र पोखरेलले पछि पार्दै अगाडि बढेका छन् ।

हालसम्म १३ हजार ६ सय ४ मत गन्दा एमालेका राजेन्द्रकुमार पोखरेल ४०० मतले अगाडि पुगेका छन् । स्वतन्त्रका जेब्राका उम्मेदवार शेरबहादुर थापालाई हाल ४ सय मत अन्तरले पछि पारेका छन् ।

राजेन्द्रकुमार पोखरेलले ४३ सय ७८ मत ल्याउदा स्वतन्त्रका उम्मेदवार शेरबहादुर थापाले ३९ सय ७८ मत प्राप्त गरेका छन् । उपमेयरमा भने कांग्रेसकी उम्मेदवार आशा शर्मा शिवाकोटीले ४३२ मतले एमालेकी मन्जु प्रसाईलाई पछि पारेकी छन् ।
आशाले ५१२३ मत ल्याउँदा एमालेकी मन्जु प्रसाईंले ४६५१ मतले पछ्याइरहैकी छन् ।

प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार  ११ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]