बैशाख ७, २०८१ शुक्रबार

झापा कांग्रेसले चिन्न नसकेको शेरबहादुर ‘जेब्रा’

बिर्तामोड । स्थानीय तह निर्वाचनको मतदान पश्चात गणना शुरु भएपछि देशका तीन स्थानीय तह चर्चामा आए । चर्चामा आउने तीन पालिका हुन्, काठमाडौं महानगरपालिका, भरतपुर महानगर पालिका र झापाको कनकाई नगरपालिका ।

काठमाडौंमा ‘हेवी वेट’ केशव स्थापित र गठबन्धनको उम्मेद्वार सिर्जना सिंहलाई अहिलेसम्म स्वतन्त्र उम्मेद्वा बालेनको अग्रताले चर्चा पाइरहेको छ । यस्तै, प्रचण्डपुत्री रेणु दाहाल र एमालेका विजय सुवेदीसहित कांग्रेसका निष्ठावान नेता जगन्नाथ पौडेलको स्वतन्त्र उम्मेद्वारीले भरतपुर पनि चर्चामा छ । बेला–बेला रेणु, बेला–बेला सुवेदी अगाडि, पछाडि भइरहेका छन् ।

अर्को चर्चामा रहेको स्थानीय तह हो, झापाको कनकाई । जहाँ कांग्रेसमा ४० वर्ष राजनीति सेवा गरेका शेर बहादुर थापाको स्वतन्त्र उम्मेद्वारी परेको छ ।

नेपाली कांग्रेस झापाले टिकट नदिएपछि थापाले तत्कालै राजीनमा दिएर स्वतन्त्र उम्मेद्वारी दिए । गणनाको तेस्रो दिनसम्म ठुलो मतान्तर बनाएरका थापाको चुनाव चिन्ह जेब्रा प्राप्त गरे । जेब्रालाई सर्वाधिक चर्चामा ल्याउन सफल शेरबहादुर थापालाई कांग्रेसले चिन्न नसकेको टिप्पणी भइरहेको छ ।

नेपाली कांग्रेसले टिकट वितरणको समयमा शेरबहादुरमाथि अन्याय गरेको कांग्रेसभित्रै चर्चा हुने गरेको छ । कनकाईमा कांग्रेसबाट मेयरको टिकट पाउने रुद्र चिमरिया असल पात्र भएपनि चुनावका लागि चिमरियाभन्दा थापा नै उपयुक्त पात्र भएको विश्लेषण भइरहेको छ । समय, घर्किए पनि शेरबहादुरको उम्मेद्वारीले राजनीतिक दलहरुलाई राम्रो सवक दिएको हुनुपर्छ ।

जनताको बिचमा प्रिय पात्रलाई छोडेर ‘अन्य’ मापदण्डका आधारमा टिकट वितरणले जनमत बाहिर जान सक्ने उदाहरण काठमाडौंमा पनि देखिएको छ । यस्तै, सन्देश कनकाईमा पनि पाइएको छ ।

कनकाईमा पहिलो चरणमा जेब्राले भारी मत अन्तर बनाइरहे पनि अहिले सूर्यले मतान्तर बढाइरहेको छ । कांग्रेसबाट थापाको उम्मेद्वारी हुँदा अन्य दललाई चुनौति हुने लगभग निश्चित थियो । त्यसको विश्लेषण नगरी कांग्रेसले टिकट वितरण गरेको बुझ्न सकिन्छ ।

कोरोना महामारीदेखि अन्य समयमा पनि शेर बहादुरले गरिव, दुखिका लागि गरेको सेवा र पार्टीमा उनीमाथि भएको अन्यायका कारण मतदाताले पार्टीभन्दा माथि उठेर मत दिए ।

मंगलवार (आज) विहान ९ः२० बजेको परिणाम अनुसार मेयर पदमा सुर्यले ६७३६, रुख ५०५७, जेब्रा ४७८७, हलो १७६९, तराजु १४३, पुतली १, कम्प्युटर १८ मत प्राप्त गरेको छ । यसले कांग्रेस बाहिर हुँदा पनि शेरबहादुरको पक्षमा जनमत राम्रो पाइएको छ । शेरबहादुरले कोरोना कालमा बिर्तामोडबाट लाखौं लाख रुपैयाँको सागसब्जी कनकाईका गरिव, दुखीका घरघर पुराएको व्यापारीहरु सुनाउछन्, उनै मान्छे हुन् शेरबहादुर – जो गाउँ घुम्दा समेत वृद्धवृद्धाहरुका लागि आवश्यक औषधि बोकेर पुग्ने गर्छन् ।

प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार  ९ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]