बैशाख ८, २०८१ शनिबार

सम्पादकीय : झापामा चौपाय तस्करी नियन्त्रण गर

झापा प्रहरीका लागि दुई वटा क्षेत्र चुनौति पूर्ण छन् । यो चुनौति नयाँ भने होइनन् ।

खुला सिमाका कारण लागुऔषध र पशु चौपाय झापाको लागि मुख्य चुनौति मानिन्छन् । लागुऔषध नियन्त्रणको लागि प्रहरीले व्यापक प्रयास गरिरहेको छ ।

पूर्ण रुपमा सफलता हासिल गर्न नसके पनि यसका प्रयोगकर्ता र आयात गर्ने बेलाबेला पक्राउ पर्ने गरेका छन् । लागुऔषध निरन्तर रुपमा नियन्त्रण गर्ने अभियान नै चलिरहेको छ ।

लागुऔषध पछि प्रहरीले पशु चौयायको तस्करी नियन्त्रण गर्ने अभियान थालेको छ । केहि वर्षअघि राजनीतिक दलको नेताकै सेटिङमा झापाका तस्करी हुने गरेको सूचना बाहिर आउने गथ्र्यो । अहिले दलीय संरक्षण् नभई स्थानीय सरकारकै अप्रत्यक्ष सहयोगमा तस्करी भइरहेको छ ।


१ नम्बर प्रदेशको पनि झापालाई तस्करीको मुख्य नाका बनाइएको छ । हरेक दिन यहाँबाट पशु चौपाय तस्करी भइरहेका छन् । साउन देखि झापा प्रहरीले पूर्वपश्चिम राजमार्गबाट दक्षिण लैजान नदिने योजनाका साथ काम गरिरहेको छ ।

त्यै पनि दक्षिण क्षेत्र लैजान रोकिएको छैन । सुरक्षा क्षेत्रले नै पशु चौपायको तस्करी गर्नेसँग लाइन मिलाएर खाने गरेको बाहिर आउने गर्छ । तर, अहिलेको जिल्ला प्रहरीको नेतृत्वले तस्करी पूर्ण रुपमा अन्त्य गर्ने अडान लिएको पाइएको छ । यसले तस्करी नियन्त्रणको प्रयास भएको एकहदसम्म मान्न सकिन्छ । सुरक्षा निकायको यो कदमलाई सबैले सहयोग पनि गर्न जरुरी छ ।


स्थानीय तहले झापाको विभिन्न स्थानमा पशु हाट बजारको ठेक्का लगाएका छन् । विशेष गरी दक्षिण झापामा लाग्ने पशुहाट तस्करी गर्नेका लागि फाइदा जनक छ । उनीहरुलाई बाहिरबाट ल्याइएको पशुचौपाय राख्न मद्दत मिलिरहेको छ ।

स्थानीय सरकारले गत वर्षसम्म केहि रकममा ठेक्का लगाउने गरेको थियो । यो वर्षबाट लाखौंलाख रकममा ठेक्का लगाइएका छन् । ठेक्काको रकमलाई अध्ययन गर्ने हो भने अहिले ठुलो परिमाणमा पशचौपायको भारत निकासी हुने गर्छ । केहि महिनाअघि सम्म पैदल हिडाएर लग्ने गरिएको थियो । अहिले ठुला ट्रकमा चौपाय तस्करीको काम भइरहेको छ । बिहान र मध्यरातको समयमा भइरहेको तस्करी रोक्नैपर्छ ।

केहि महिनाअघि सम्म पैदल हिडाएर लग्ने गरिएको थियो । अहिले ठुला ट्रकमा चौपाय तस्करीको काम भइरहेको छ । बिहान र मध्यरातको समयमा भइरहेको तस्करी रोक्नैपर्छ ।

प्रकाशित मिति : भाद्र १८, २०७६ बुधबार  ८ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]