बैशाख १४, २०८१ शुक्रबार

मानव वेचविखन विरुद्व गौरीगञ्जमा र्याली

गौरीगञ्ज । ‘मानव वेचविखन र ओसारपसार रोकौं, सभ्य समाजको निर्माण गर्ने अभियानमा सबै मिलेर अगाडी बढौ’ भन्ने नाराकासाथ इलाका प्रहरी कार्यालय गौरीगञ्जले मानव वेचविखन विरुद्ध जनचेतनामुलक कार्यक्रमको गरेको छ ।

मानव वेचविखन र ओसारपसार विरुद्ध सप्ताहव्यापी कार्यक्रम अन्तरगत गौरीगंज मा.वि. का विद्यार्थी, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी सुरक्षाकर्मी लगायतको ¥यालीले ‘मानव वेचविखन अन्त्य गरौ, शैक्षिक जनचेतना बढाऔ,’ जस्ता नारा लगाउदै बजार परिक्रमा गरेका थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक गणेश प्रसाद भट्टराईले विगतका तीन वर्षको तथ्याङ्क अनुसार ८११ जना अशिक्षित महिला मानव तस्करीमा परेको बताए ।

उनका अनुसार वेचविखन तथा ओसारपसारमा १ हजार २ सय ९ पीडितहरु मध्ये ३८५ जना पीडित १९ देखि २५ वर्षका महिलाहरु रहेको पाइएको छ । कार्यक्रममा मानव वेचविखन तथा ओसारपसार तेस्रो ठूलो अपराध उद्योगको रुपमा देखिएको हुुँदा यस अन्र्तगत दासत्व, श्रम शोषण, मानव अंग झिक्ने, लगायतका कार्यहरु मानव विरुद्ध रहेको गौरीगंज गाउँपालिका उपाध्यक्ष दिपीन्द्र थापाले बताए । उनले संसारभरिका अन्र्तराष्ट्रिय सिमाहरुमा प्रत्येक वर्ष ६ लाख देखि ८ लाख मानिसहरु मानव वेचविखन तथा ओसारपसारको सिकार हुने गरेको बताउँदै त्यसमध्ये ८ सय ५ पीडित महिलाहरु र आधा बालबालिकाहरु तथ्याङ्क रहेको बताए ।

कार्यक्रममा कुनै प्रकारको ललाइफकाइ प्रलोभनमा पारी, जालसाजी गरी वा करकापमा पारी वेश्यावृद्धिमा लगाउने वा शोषण गर्न लगाउने उद्देश्यले आफनो नियन्त्रण मानव वेचविखन ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिमको कसुर गरेमा कसुरको अवस्था हेरी ३ महिनासम्मको कैद र ५ हजार रुपैया जरिवाना र अधिकतम २० वर्ष सम्म कैद र २ लाख रुपैयासम्म जरिवाना रहेको कानुनमा व्यवस्था छ ।

प्रकाशित मिति : भाद्र १८, २०७६ बुधबार  ८ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]