बैशाख १२, २०८१ बुधबार

झापामा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान

बिर्तामोड । नेकपा एमाले झापाले स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । नेकपा एमालेको तर्फबाट उम्मेद्वार भई निर्वाचनमा विजय हासिल गरेका जनप्रतिनिधिलाई सम्मान गरिएको हो ।

झापाको १५ पालिकामा एमालेबाट निर्वाचित नगरप्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षलाई स्वागत सम्मान गरिएको एमाले झापाका सचिव शिव ढुङ्गेलले जानकारी दिए । मंगलवार विर्तामोडमा आयोजित कार्यक्रमका बिच जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो ।

सम्मानसँगै जनप्रतिनिधिहरुलाई प्रशिक्षित समेत गरिएको छ । उनीहरुलाई समाजवाद उन्मुख बजेट नीति तथा कार्यक्रम निर्माण गर्न आग्रह गरिएको छ । विज्ञ विजय तिम्सिनाले समाजवाद उन्मुख कार्यक्रम निर्माणका बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रदेश इञ्चार्ज देवराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थायी कमिटी सदस्य हिक्मत कार्की, झापाका सहइञ्चार्ज रविन कोइराला लगायतले निर्देशनात्मक मन्तव्य राखेका थिए ।

नेताहरुले पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षहरुलाई शुभकामना व्यक्त गर्दै स्थानीय तहमा जनताको आवश्यकतालाई ख्याल गरेर कार्यसम्पादन गर्न आग्रह गरेका थिए । स्थानीय तह जनताको प्रत्यक्ष पहुँच पुग्ने सरकार भएकाले प्रभावकारी रुपमा जनताको सेवामा लाग्न सूझाव दिइएको थियो ।

प्रकाशित मिति : जेष्ठ १९, २०७९ बिहीबार  ८ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]