बैशाख ७, २०८१ शुक्रबार

शिवसताक्षीका जनप्रतिनिधिलाई स्वागत, अवकाश प्राप्त कर्मचारीको विदाई

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा नवनिर्वाचत जनप्रतिनिधिहरुलाई स्वागत तथा अनिर्वाय अवकाश प्राप्त कर्मचारीहरुलाई विदाई गरिएको छ ।

नेपाल निजामति कर्मचारी संगठन नगर इकाई समिति शिवसताक्षीले शिवसताक्षीका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत गरेको हो । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख, उप्रमुख, ११ वटा वडाका वडाध्यक्ष र वडासदस्यहरुलाई खादा तथा अविरले स्वागत गरेको नेपाल निजामती कर्मचारी संगठन शिवसताक्षीका अध्यक्ष विमल बाँस्कोटाले जानकारी दिए ।

कार्यक्रममा सेवा निबृत्त शिवसताक्षी नगरपालिकाका लेखापाल भिमबहादुर खवास, वडा नं. २ वडा सचिव पूर्णशमसेर कुँवर, स्वास्थ्य सि.अ.हे.व विनोद राई, मातृ शिशु कार्यकता चन्द्रावती वुढाथोकी लगायत ६ जनालाई विदाई गरिएको थियो । शिवसताक्षी नगरपालिकामा अन्य स्थानबाट सुरुवा भई आउने कर्मचारीहरुलाई समेत स्वागत गरिएको थियो ।

कार्यक्रममा नगरबासीको सपना साकार पार्न आएको र नीति तथा कार्यक्रम सोही बमोजिम हुने तथा यसका लागि कर्मचारीको साथ र सहयोग सधै रहिरहने शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोसन) ले बताए ।

उनले कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध जति धेरै सुमधुर भयो त्यति नै जनताका मागहरु नीति तथा कार्यक्रम मार्फत पुरा गर्न सकिने बताए । कुनैपनी व्यक्ती कुनै न कुनै दलसँग आवद्ध भएको भएता पनि सो विषयलाई जोडेर सेवाप्रवाहमा दखलअन्दाजी नगर्न नगराउन कर्मचारीहरुको ध्यानाकर्षण ध्यान आकर्षण गराएका थिए ।

कार्यक्रमा नगर उपप्रमुख नरमाया कार्की सम्पुर्ण निर्वाचित जनप्रतिनिधहरुलाई बधाई दिदै सफल कार्यकालका शुभकामना साथै अवकाश प्राप्त कर्मचारीहरुलाईको बाँकी जीवन समाज विकासका साथै रचनात्मक भुमिका रहोस भन्ने शुभकामना दिइन् ।

लामो समयदेखि संघीय निजामती सेवा ऐन राज्य व्यवस्था तथा शुसासन समितिमा विचाराधिन रहि हाललाई अध्यादेशबाट ऐन पारित गर्ने आश्वासन दिएता पनि हालसम्म सघीय निजामती सेवा ऐन जारी नभएकाले प्रदेश निजामती सेवा ऐन तथा स्थानीय सेवा ऐन बन्न नसक्ता कर्मचारी व्यवस्थापनमा समस्या भइ सेवा प्रवाहमा समेत असर पुग्ने गरेको छ ।

कतिपय प्रदेशले अध्यादेशबाट ऐन जारी गरी कर्मचारीको सेवा शर्त सुविधा तथा बढुवा धमाधम गरिरहेको तर अन्य प्रदेशमा हुन नसकेकाले अन्य प्रदेशका कर्मचारीमा नैराश्यता उत्पन्न भएकाले जसको समाधान नै संघीय निजामती सेवा एन जारी भई प्रदेश र स्थानीय सेवा एन जारी गरी कर्मचारीको मनोबलमा वृद्धी गरी सेवा प्रवाहलाई समय सापेक्ष बनाउनु पर्ने महत्वपुर्ण विषय झापा जिल्ला निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य माननीय एल पि साँवा लिम्बु मार्फत संसदको राज्य व्यवस्था तथा सुशासन समितिलाई नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य तथा शिवसताक्षी नगरपालिका शिक्षा अधिकृत छविलाल ढकालले ध्यानाकर्षण गराए ।

संघ प्रदेश र स्थानीय तहमा कार्यरत संपुर्ण कर्मचारीहरुका लागि समन्यायिक न्याय हुने गरि ऐन आउनु पर्नेमा उनको जोड थियो । उनले हाल समायोजन ऐन स्थानीय तहका कर्मचारीलाई निजामती सेवाबाट अलग गर्न खोजिएको विषय्प्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको बताए । उनका अनुसार स्थायी, करार, र ज्यालादारी कर्मचारीलाई राज्यवाट प्रदान गर्ने सेवा सुविधामा समान रहनुपर्ने छ । हालसम्म संगठनका केही मागहरु पुरा भएता पनी सबै मागहरु पुरा हुन नसकेको प्रति सम्बधिन्त निकायमा ध्यानाकर्षण गराइएको र यसलाई निरन्तर रुपमा आवाज उठाउने उनको भनाई थियो ।

त्यसैगरी नगर इकाइ समिका अध्यक्ष विमल बास्कोटाले ट्रेड युनियन अधिकार कुनै राजनितिक दलसँग आवद्ध नभइ एन द्वारा कर्मचारीको हकहितका लागि सामहिक सौदाबाजी गर्नका लागि राज्यद्वारा एनमै व्यवस्था गरिएको कुरा स्पष्ट पारे ।

त्यस्तै शिवसताक्षी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत प्रकास चौधरीले कर्मचारीहरु विभिन्न पार्टीमा आस्था राखेता पनि आफ्नो सिमा र मर्यादा भित्र रहेर जनप्रतिनिधिहरुको सहकार्यमा सबै कर्मचारीहरुलाई काम गर्नु पर्ने बताए ।
कार्यक्रमको आवश्यक व्यवस्थापन,सहजिकरण तथा संचालन नगर इकाइ समितिका सचिव एवं शिवसताक्षी नगरपालिका कार्यक्रम अधिकृत महेश लामिछानेले गरेका थिए ।

प्रकाशित मिति : जेष्ठ १९, २०७९ बिहीबार  ७ : १३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]