बैशाख ४, २०८१ मंगलबार

पूर्वफुटबलर लिम्बूलाई सहयोग

बिर्तामोड । दुवै मृगौला खराब भएर उपचाररत पूर्व राष्ट्रिय फुटबल खेलाडी प्रेमकुमार लिम्बू (कुमार) लाई आर्थिक सहयोग गरिएको छ ।

लिम्बूको उपचारमा सहयोग पुर्याउन धाइजन चारआली फुटबल क्लबले शनिवार नगद सहयोग हस्तान्तरण गरेको हो । लिम्बूको घरनजिकै रहेको भद्रपुर १ हिमाली माविको खेलमैदानमा क्लबले नगद एक लाख २५ हजार रुपैयाँ प्रदान गरेको अध्यक्ष आशिष बनले जानकारी दिए ।

क्लबको संयोजनमा खेलप्रेमी तथा भेट्रान्स फुटबल खेलाडीबाट संकलन गरिएको सो रकम लिम्बूकी पत्नी माली लिम्बू र भाइ यामकुमार लिम्बूलाई हस्तान्तरण गरिएको थियो ।

लिम्बूको हाल काठमाडौँस्थित किस्ट अस्पतालमा उपचार भइरहेको उनकी पत्नी मालीले जानकारी दिइन् । क्लबले यसअघि पनि खेलाडी तथा पूर्वखेलाडीहरुलाई सामाजिक तथा आर्थिक सहयोग गर्दै आएको छ ।

लिम्बूको जीवनरक्षाका लागि यामकुमारको संयोजकत्वमा सहयोग समिति निर्माण गरिएको छ भने स्थानीय केके एफसी युनाइटेड क्लबले आर्थिक सहयोग संकलनमा भूमिका खेल्दै आएको छ ।

प्रकाशित मिति : जेष्ठ २९, २०७९ आईतबार  ६ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]