बिर्तामोडमा भट्टराई वंशको नेतृत्व बुद्धिरामलाई
बिर्तामोड । भट्टराई कुलवंश प्रतिष्ठान बिर्तामोड नगर समितिको चौथो अधिवेशनले बुद्धिराम भट्टराई अध्यक्षतामा नयाँ कार्यसमिति बनाएको छ ।
गठित समितिको उपाध्यक्षमा मातृकाप्रसाद भट्टराई, महिला उपाध्यक्षमा तारादेबी भट्टराई ,सचिव बद्रीप्रसाद भट्टराई ,सहसचिवमा ताराप्रकाश भट्टराई र कोषाध्यक्ष डम्बरबहादुर भट्टराई रहेका छन् । त्यस्तै सदस्यहरुमा टीकाप्रसाद भट्टराई, हरिहर भट्टराई , गंगाराम भट्टराई , भानुभक्त भट्टराई, सुशिल भट्टराई, टेकप्रसाद भट्टराई, रामचन्द्र भट्टराई , रत्नबहादुर भट्टराई, टिकाराज भट्टराई र दिपा भट्टराई रहेका छन् ।

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रीय सचिव जीवराज भट्टराई, केन्द्रीय कोषाध्यक्ष मनोजकुमार भट्टराई र झापा जिल्ला अध्यक्ष धर्मेन्द्र भट्टराईले शुभकामना मन्तव्य राखेका थिए ।
सोही कार्यक्रममा भट्टराई बन्धुहरुको उभौली गोठपुजा सम्पन्न भएको छ भने बिर्तामोडका भट्टराई बन्धुहरूले केन्द्रीय अक्षयकोषको लागि रकम प्रदान गर्ने घोषणा गरेका छन् ।
पदमलाल भट्टराई एक लाख एकाउन्न हजार, सुवास भट्टराई एकलाख एघार हजार, बुद्धिराम भट्टराई एकलाख एघार हजार, गोपाल भट्टराई एकलाख एघार हजार र गणेशकुमार भट्टराईले एक लाख एघार हजार रुपैयाँ दिने घोषणा गरेका छन् । बिर्तामोड नगरपालिका क्षेत्रमा ३५० घरधुरी भट्टराईहरुको बसोबास रहेको छ ।