बैशाख ४, २०८१ मंगलबार

राजवंशी समुदाय : झापामा दुई प्रमुखसहित ६४ निर्वाचित

झापा । स्थानीय तहको निर्वाचन २०७९ बाट आदिवासी राजवंशी समुदायको मूलथलो रहेको झापामा दुई पालिका प्रमुखसहित ६४ जनप्रतिनिधि निर्वाचित भएका छन् । पालिका प्रमुखमा कचनकवल गाउँपालिकाबाट कालेन्द्रप्रसाद सिंह राजवंशी र गौरीगञ्ज गाउँपालिकामा फूलमति राजवंशी निर्वाचित हुनुभएकोे छ ।

यसअघि विसं २०७४ को निर्वाचनबाट एक अध्यक्षसहित ४८ जना मात्र राजवंशी समुदायबाट जनप्रतिनिधि निर्वाचित भएका थिए । निर्वाचनबाट गौरादह नगरपालिकाको उपप्रमुखमा जलवर्षा राजवंशी, १० जना वडाध्यक्ष तथा ५१ जना सदस्यमा राजवंशी समुदायबाट निर्वाचित हुनुभएको छ ।

आफ्नो समुदायबाट निर्वाचितलाई राजवंशी विकास प्रतिष्ठानले कचनकवल–३ स्थित राजवंशी समाज विकास समितिमा शनिबार बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा जिल्लाका राजवंशी जनप्रतिनिधिले आफ्नो जातीय अस्तित्व जोगाउन अब सबैले एक भएर अधिकार खोज्नुपर्ने बेला आइसकेको धारणा राख्नुभएको थियो ।

प्रदेश सांसद पूर्णसिंह राजवंशीले राजनीतिक दलहरुले ‘थापना’का रुपमा मात्र राजवंशी समुदायलाई स्थान दिने गरेको बताउँदै राजनीतिप्रति चासो र चेतना जोगाउनेकार्यमा लाग्न सबैलाई आग्रह गर्नुभयो । अघिल्लो निर्वाचनमा भने एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष, १२ वडाध्यक्षसहित ४८ जना निर्वाचित भएका थिए ।

प्रकाशित मिति : जेष्ठ २९, २०७९ आईतबार  ३ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]