बैशाख ४, २०८१ मंगलबार

सय विद्यार्थीलाई पोशाक प्रदान

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिका–८ का वडाध्यक्ष प्रेमबहादुर थापाले एक सय विद्यार्थीलाई पोशाक वितरण गर्नुभएको छ । वडाध्यक्ष थापाले तीन विद्यालयका कक्षा एक देखि पाँचसम्मका एक सय विद्यार्थीलाई निःशुल्करुपमा पोशाक वितरण गर्नुभएको हो ।

“विद्यालयमा सबै वर्ग समुदायका विद्यार्थी पढ्न आउछन् । सबैको आर्थिक अवस्था एकै खालको हुन्न । विद्यार्थीको एकरुपताका लागि आफ्नै खर्चमा पोशाक दिएको हुँ । सबै विद्यार्थी विद्यालय पोशाकमा आउन भन्ने मेरो चाहना हो”, वडाध्यक्ष थापाले भन्नुभयो ।

शिक्षा क्षेत्रको विकासमा आफुले सकेको भूमिका खेलेर गुणस्तरमा सुधार ल्याउने लक्ष्य रहेको थापाको भनाइ छ । उहाँले ती विद्यार्थीलाई टाई र बेल्ट दिने योजनासमेत बनाउनुभएको छ । थापाले ८ नं वडास्थित सिंहदेवी प्राथमिक विद्यालय, शिक्षा प्रकाश प्रावि र विद्यापोखरी विद्यालयका विद्यार्थीलाई पोशाक प्रदान गर्नुभएको हो ।

प्रकाशित मिति : जेष्ठ ३०, २०७९ सोमबार  १२ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]