बैशाख २२, २०८१ शनिबार

नगरवासीबाटै शिवसताक्षीलाई ३ विगा ९ कठ्ठा जग्गादान

झापा । शिवसताक्षी नगरपालिकालाई पहिलो स्थानीय तह निर्वाचन २०७४ पछि विभिन्न संरचना निर्माण गर्नलाई जग्गादाताले पर्याप्त जग्गा सहयोग गरेका छन् ।

पाँच वर्षको अन्तरालमा निर्माण भएका अधिकांश संरचना नगरवासी कै सहयोगबाट प्राप्त जग्गामा निर्माण गरिएका छन् । शिवसताक्षी नगरपालिकाले पाँच वर्षमा नगरवासीबाट मात्रै ३ विगा ९ कठ्ठा १० धुर जग्गा सहयोग प्राप्त भएको छ । जनप्रतिनिधिहरुलाई विकास निर्माणमा सघाउने उद्देश्यले स्थानीयबाटै करोडौं मुल्य बराबरको जग्गा प्राप्त भएको हो । ति जमिनमा अहिले सुन्दर र भव्य संरचनाहरु निर्माण सम्पन्न गरिएका छन् । कतिपय संरचना निर्माणको क्रममा छ ।

जग्गादाताहरुले वडा कार्यालय, आधारभुत स्वास्थ्य केन्द्र, ज्येष्ठ नागरिक भवन, खोप केन्द्र ,नगरपालिका भवन, शहरी विकास स्वास्थ्य केन्द्र र सतासीधाम स्वास्थ्य चौकी निर्माणका लागि जमिन उपलब्ध गराएका थिए । शिवसताक्षी नगरपालिका वडा नं. १ का चुडामणि खवास र मनमाया भुजेलले २ कठ्ठा १० का दरले जग्गादान गरेका थिए । उनीहरुले उपलब्ध गराएको जमिनमा १ नं. वडा कार्यालय निर्माण गरिएको छ । यस्तै, वडा नं. १ कि राधिका देवी बस्नेतले ४ कठ्ठा र लइन बहादुर राईले उपलब्ध गराएको ३ कठ्ठा जमिनमा आधारभुत स्वास्थ्य केन्द्र निर्माण गरिएको छ ।

वडा नं. ३ का टंक प्रसाद लम्सालले उपलब्ध गराएको ५ कठ्ठा जमिनमा ३ नं. वडा कार्यालय निर्माण गरिएको प्रशासन फाँट प्रमुख डिल्ली नेपालले जानकारी दिए । नगरपालिकाले वडा नं. ३ का दुर्गा प्रसाद सोङमाङ्फेले सहयोग गरेको १ कठ्ठा ९ धुर जग्गामा ज्येष्ठ नागरिक नागरिक भवन निर्माण गरिसकेको छ ।

यस्तै, वडा नं. ५ को वडा कार्यालय निर्माणका लागि गुणा गिरी १ कठ्ठा ७.५ धुर, यादव गिरी १२.५ धुर, अगम गिरी १ कठ्ठा, माधव गिरी ४ कठ्ठा त्रिलोचन उप्रेती १ कठ्ठा, धनलक्ष्मी ढकाल १ कठ्ठा र पार्वती ताजपुरियाले ३ कठ्ठा जग्गा निशुल्क सहयोग गरेका थिए ।

वडा नं. ६ को कार्यालय निर्माणका लागि सुरज राजवंशी ७ कठ्ठा ४ धुर, दुर्गाप्रसाद गुरागाई २ कठ्ठा, चन्द्रमणि पौडेल र देउनारायण भण्डारीले १-१ कठ्ठा जमिन सहयोग गरेको तथ्याङक छ । रिता राईले सहयोग गरेको १ कठ्ठा जमिनमा वडा नं. ७ मा आधारभुत स्वास्थ्य केन्द्र निर्माण सम्पन्न गरिएको छ ।

वडा नं. ७ मा खोप केन्द्रको भवन निर्माणका लागि अतिथि बुढाथोकी ४ कठ्ठा र विपिन चापागाईले १० धुर जमिन उपलब्ध गराएका थिए ।

यस्तै, शिवसताक्षी नगरपालिका भवन निर्माणका लागि वडा नं. ७ र ११ का १२ जना व्यक्तिले जग्गादान गरेको नेपालको भनाई छ । उनका अनुसार दमकका लोकबहादुर अधिकारी, टंकमाया आङथुपो, नेमकुमार श्रेष्ठ,सोमनाथ खनाल, डिल्लीरमण खतिवडा, रुकमलाल बाँस्कोटा, शेषलाल चौधरी, लक्ष्मीप्रसाद सापकोटा, तर्णबहादुर लिङ्देन, लालबहादुर मेन्याङ्वो, केशव चन्द्र भण्डारी, लिलामाया मेन्याङवो, पदम प्रसाद बाँस्कोटाले निशुल्क जग्गा उपलब्ध गराएका थिए । उनीहरुले क्रमशः ७ कठ्ठा १०, २ कठ्ठा १० धुर, १ कठ्ठा ५ धुर, १ कठ्ठा ५ धुर, २ कठ्ठा १० धुर, १० धुर, १ कठ्ठा ५ धुर, १०÷१० , ५ धुर, १० धुर र १ कठ्ठा जग्गा दान गरेका थिए ।

वडा नं. ९ का निर्मला निरौलाले १ कठ्ठा १० जमिन शहरी विकास स्वास्थ्य केन्द्र निर्माणका लागि सहयोग गरेकी थिइन् भने सतासीधाम स्वास्थ्य चौकीका लागि उमाकान्त,कल्पना अधिकारी र जगत बहादुर विष्टले ३ कठ्ठा १० धुरका दरले जग्गा सहयोग गरेका छन् ।

वडा नं. ९ को कार्यालय भवन निर्माणका लागि मनकुमार कडरियाले ४ कठ्ठा जमिन उपलब्ध गराएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । शिवसताक्षी नगरपालिकाको विभिन्न संरचनाका लागि दाताहरुबाट जम्मा ३ विगा ९ कठ्ठा १० जग्गा प्राप्त भएको थियो ।

नगरपालिकाले डम्पिङ साइड निर्माणका लागि वडा नं. ११ का धनपति बाँस्कोटाबाट वडा नं. ७ मा ३ विगा ६ कठ्ठा ३.५ धुर जमिन खरिद गरेको थियो । नगरपालिकासँग खरिद गरेको र दाताबाट प्राप्त श्रेष्ता भएको कुल ६ विगा १५ कठ्ठा १३.५ धुर जमिन रहेको छ ।

प्रकाशित मिति : जेष्ठ ३१, २०७९ मंगलबार  ७ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]