जेष्ठ ४, २०८२ शनिबार

एसपिपीप्रति एमालेको गम्भिर असहमति : महासचिव पोखरेल

बुटवल- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीप्रति आफ्नो पार्टीको गम्भीर असहमति रहेको बताउनुभएको छ । एसपीपी प्रस्तावमा हस्ताक्षर गर्दा नेपालले अवलम्बन गर्दै आएको पञ्चशीलमा आधारित असंलग्न परराष्ट्र नीति प्रभावित हुने पोखरेलको भनाइ छ ।

प्रेस चौतारी रुपन्देहीले बुधबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले एसपीपीमा हस्ताक्षर भए नेपाल द्वन्द्वको थलो बन्ने आशंकामा बल पुग्ने बताउनुभयो । ‘नेपाल कुनै मुलुकको सैनिक गठबन्धनको अंग बन्ने कुरा स्वीकार्य हुन्न’, महासचिव पोखरेलले भन्नुभयो, ‘एसपीपीप्रति हाम्रो पार्टीको गम्भीर असहमति छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाको निकट भविष्यमा नै हुने भनिएको अमेरिका भ्रमणबारे देशलाई स्पष्ट पार्नुपर्ने महासचिव पोखरेलको माग छ ।

प्रकाशित मिति : असार १, २०७९ बुधबार  ४ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]