एमालेका स्थानीय तहका प्रमुख उपप्रमुखलाई आजबाट प्रशिक्षण दिने
काठमाडौं -नेकपा एमालेका जनप्रतिनिधीहरुलाई आज देखि पार्टीले प्रशिक्षण दिने भएको छ । विहान ११ बजे राष्ट्रियसभा गृहमा सुरु हुने कार्यक्रमलाई अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम छ ।
कार्यक्रममा अध्यक्ष ओली,महासचिव इश्वर पोखरेल ,उपमहासचिव प्रदिप ज्ञवाली लगायतले प्रशिक्षण दिने कार्यक्रम छ । यसैगरी केही विज्ञहरुले समेत प्राविधिक विषयमा प्रशिक्षण दिने केन्द्रीय कार्यलय सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो ।
जनप्रतिनिधीहरुलाई पार्टीको घोषणा पत्र स्थानीय तहमा कसरी कार्यान्वयन गर्ने,आचार संहिता पालना गर्ने,सुशासन कायम गर्ने,नीति कार्यक्रम र बजेट निर्माणमा ध्यान दिनु पर्ने लगायतका विषयमा प्रशिक्षण दिइने एमालेले जनाएको छ । प्रशिक्षणमा पार्टीबाट जितेका प्रमुख र उपप्रमुखहरु सहभागी हुनेछन् ।