जेष्ठ २, २०८१ बुधबार

झापा उत्रिए दुबइका अधिराजकुमार, दुर्गा प्रसाईलाई सुनको लौरो उपहार

बिर्तामोड । तीन दिने नेपाल भ्रमणमा रहेका दुबईका अधिराजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रिय सदस्य एवम् ब्यवसायी दुर्गा प्रसाई लाई सुनको लौरो उपहार स्वरुप हस्तानतरण गरेको छन् ।

श्री एरलाइन्स्को चार्टर विमान मार्फत चन्द्रगढी बिमान स्थाल झापा ओर्लेका अधिराजकुमारले बिमान स्थालमा स्वागत गर्न पुगेका प्रसाईलाई सुनको लैरो हस्तानतरण गरेका हुन् ।

अधिराजकुमार झापामा दुई दिन भ्रमण गर्ने कार्यतालिका रहेको छ । यसै क्रममा बि एण्ड सी तथा पुर्वाञ्चल क्यानसर अस्पतालको अवलोकनका साथै पेट सिटि स्क्यान मेसीनको समेत उद्दघाटन गर्ने छन् । दुर्गा प्रसाईको निमन्त्रणामा आएका अधिराजकुमारले झापासँगै काठमाण्डौं र पोखराको पनि भ्रमण गर्ने कार्यतालिका रहेको कुरा बि एण्ड सी अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : असार ४, २०७९ शनिबार  २ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]