जेष्ठ २, २०८१ बुधबार

झापा कारागारभित्रको वेथिती छानविन हुने, सुरक्षामा नयाँ व्यक्तिलाई जिम्मेवारी

बिर्तामोड । झापा कारागारभित्रको वेथिती बारे छानविन हुने भएको छ । छानविनका लागि समिति गठन भएको जिल्ला कारागार भद्रपुरले जनाएको छ । कारागारलाई जुवातास र रक्सीको अखडा बनाइएको,बन्दीहरुमाथि कुटपिट हुने गरेको खुलासा भएपछि छानविनका लागि समिति बनाइएको हो ।

जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । छानविन समितिको सदस्यहरुमा जिल्ला प्रहरी कार्यालयका डिएसपी एवम् प्रवक्ता बसन्त पाठक र राष्ट्रिय अनुसन्धान कार्यालयका डिएसपी दुर्गा चापागाई रहेका छन् । सो छानविन समितिले आइतवारदेखि नै कारागारभित्रको आन्तरिक प्रशासनको बारेमा छानबिन गर्ने संयोजक न्यौपानेले जानकारी दिए । उनीहरुलाई छानविनका लागि तीन दिन समय दिइएको छ ।

यस्तै, कारागारको सुरक्षामा खटिएका सई कुमार खड्का जिल्ला प्रहरी कार्यालय तानिएका छन् । उनले कारागारको सुरक्षा दिन नसकेको भन्दै उनलाई जिल्ला प्रहरी कार्यालय तानिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कारागार सुरक्षाका लागि खड्काको ठाउँमा वरिष्ठ सई कुमार ढकाललाई खटाइएको छ ।

महिला कारागारमा नाइके रिता राई, कमला मास्के, लक्ष्मी राईले कारागारभित्रै अवैध कारोबार संचालन गरिरहेको सम्बन्धमा एक महिलाले चिठीपत्र मार्फत सार्वजनिक गरेकी थिइन् । कारागारबाट मुक्त भएकी महिला आशा उप्रेतीले समेत कारागारमा हुँदा हदैसम्मको कुटपिट सहेको इजलाससित बताएकी थिइन् । पत्रमा कारागारभित्रको वेथिती उजागर गरिएको थियो । सो चिठी सर्वप्रथम हेल्पिङ हेण्डसुले सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : असार ४, २०७९ शनिबार  ७ : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]