बैशाख १४, २०८१ शुक्रबार

भूटानी शरणार्थी नेता डा.भम्पा राईको निधन

झापा-भूटानी शरणार्थी नेता डा.भम्पा राईको निधन भएको छ । आज विहान दुई बजेतिर विराटनगर स्थित नोबेल अस्पतालमा उपचारका क्रममा राईको निधन भएको परिवारजनले जनाएका छन् ।

राईलाई पाँचदिन अघि हर्नियाको उपचार गरिएको थियो । शनिवार दिउसो देखि मुटुको चाल कमजोर भएका कारण नोबेल अस्पताल भर्ना गरिएको थियो । सन् १९९२ मा भूटानबाट खेदिएर नेपाल आएपछि राई दमकमा बस्नु भएको थियो । शरणार्थीको निशुल्क उपचारमा संलग्न राईले चिकित्सासँगै शरणार्थी फिर्ती आन्दोलनको नेतृत्व गर्नुभएको थियो ।

राईलाई दमक नगरपालिकाले निशुल्क बसोबासको प्रवन्ध गरिदिएको थियो । राईकी श्रीमतीको गत वर्ष निधन भएपछि दमकमा उहाँ एक्लै बस्दै हुनुहुन्थ्यो ।

भूटानी राजाका डाक्टर राईले शरणार्थीको तेस्रो देश पुनरबासको कार्यक्रम अस्विकार गर्दै सास रहेसम्म शरणार्थीको स्वदेश फिर्तीलाई नै अभियानको रुपमा अघि बढाउने बताउनुभएको थियो ।

प्रकाशित मिति : असार ५, २०७९ आईतबार  ९ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]