जेष्ठ २, २०८१ बुधबार

बागी उम्मेद्वारलाई झापा कांग्रेसको कारवाही

बिर्तामोड । नेपाली कांग्रेस झापाले १४ नेता तथा कार्यकर्तालाई कारबाहीको लागि सिफारिस गरेको छ । स्थानीय तह सदस्य निर्वाचनमा पार्टीको निर्देशन विपरित बागी उम्मेदवारी दिने र तिनका प्रस्तावक र समर्थक १४ जना कारबाहीमा परेको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले जानकारी दिए ।

कारबाहीमा पर्नेहरूमा बिर्तामोड नगरपालिका ९ मा वडा अध्यक्षमा बागी उम्मेदवारी दिने जयराज ढकाल, प्रस्तावक भीमराज प्रसाईँ र समर्थक भरत न्यौपाने, बिर्तामोड ४ मा वडा अध्यक्षमा बागी उम्मेदवारी दिने हेमकुमार खड्का, प्रस्तावक राजकुमार प्रसाईँ र समर्थक उत्तम खनाल छन् ।

यस्तै कनकाई नगरपालिका ९ मा वडा अध्यक्षमा बागी उम्मेदवारी दिने धर्म राजवंशी, प्रस्तावक टार्जन राजवंशी, समर्थक वेदप्रसाद राजवंशी, सोही वडामा सदस्य पदमा उठ्ने भूमिप्रसाद पराजुली, फूलकुमार राजवंशी र उनीहरूका प्रस्तावक र समर्थक पनि कारबाहीका परेका छन् ।

पराजुलीका प्रस्तावक लैनवहादुर थापा, राजवंशीका प्रस्ताव कमलबहादुर थापा र समर्थक नरेन्द्रबहादुर बुढाथोकीको हकमा यसअघि नै पार्टी केन्द्रमा कारबाहीका लागि सिफारिस भइसकेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४ को उपधारा १३ (ग) र मिति २०७९ वैशाख १६ र १९ को नेपाली कांग्रेस केन्द्रीय कार्यालयको परिपत्र अनुसार झापा जिल्ला कार्य समितिले मिति वैशाख २४ गते नै बागी उम्मेदवार र प्रस्तावक र समर्थकको सदस्यता खारेजीका लागि प्रमाणसहित केन्द्रीय कार्यालयमा पत्राचार गरिसकिएको जनाइएको छ ।

प्रकाशित मिति : असार ५, २०७९ आईतबार  ९ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]