जेष्ठ २, २०८१ बुधबार

दुबईका राजकुमारको भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सर्कुलर, कार्यक्रम रोकेको बारे थाहा छैन : प्रवक्ता

नेपाल भ्रमणमा आएका दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला सहभागी कार्यक्रममा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सर्कुलर गरिएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईको निमन्त्रणामा आएका उनी अहिले झापामा छन् । प्रहरी प्रधान कार्यालयले उनी सहभागी कार्यक्रममा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सर्कुलर गरेको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

आइतबार बिएमसी मेडिकल कलेजमा आयोजित कार्यक्रममा सहभागी शेख मोहम्मदले सुरक्षाको कारण केचनावल लगायत दुई ठाउँमा जाने कार्यक्रम रद्ध गरेका थिए । सोमबार शेख मोहम्मद पोखरा जाँदैछन् । परराष्ट्र मन्त्रालयको आग्रहमा उनको सुरक्षा व्यवस्था कडा बनाउन सर्कुलर गरिएको प्रहरी प्रधान कार्यालयका ती अधिकारीले बताएका छन् ।

३ दिने नेपाल भ्रमणमा आएका राजकुमारले मेडिकल व्यवसायी प्रसाईलाई सुनको लौरो उपहार दिएका छन् । सो ‘लौरो’ कसरी विमानस्थलबाट भित्रियो बन्नेबारे आम चासो छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले लौरो भित्रिएकोबारे जानकारी नभएको जनाएको छ ।

सरकारले उनको औपचारिक कार्यक्रम रोकेको हल्ला चलेपनि त्यसबारे आफुलाई थाहा नभएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलले रातोपाटीलाई बताए । पोखरेलले भने– ‘पर्यकटको रुपमा आएका मान्छेलाई हामी रोक्दैनौ, खर्च गरुन भन्ने नै हाम्रो चाहना हुन्छ ।’ रातोपाटीबाट साभार

प्रकाशित मिति : असार ५, २०७९ आईतबार  ११ : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]